काठमाडौंमा पत्रकार महतोलाई ‘भैया’ भनेर दुव्र्यहार गर्नेहरुलाई प्रहरीले लिए नियन्त्रणमा

माघ १३,२०८०/ जेसी नेपाल संवाददाता

तिनकुने : पत्रकार महतोलाई ‘भैया’ भनेर दुव्र्यहार गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसंधान थालिएका छन । बाटोमा हिड्दै गर्दा रंगको आधारमा ‘भैया’ भनेर पत्रकार राजकरण महतोमाथि सम्प्रदायिक भेदभावजन्य दुव्र्यवहार र कुटपीटको प्रयास गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७ माघ, २०८० मा काठमाडौंको तीनकुनेमा भएको घटनाका आरोपी बसका चालक र सह—चालकलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ ।

आरोपीसंगै बसलाई पनि नियन्त्रणमा लिएर प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान अगाडि बढाइएको छ । मुद्दा दर्ता पछि आरोपीलाई सार्वजनिक गरिने प्रहरी श्रोतले जनाएको छ । बानेश्वर प्रहरीले शुक्रबार पीडित महतोलाई बोलाएर घटना बारे जानकारी लिएको छ ।

नेपाल पत्रकार महासंघ महोत्तरी जिल्ला शाखा तथा केन्द्रीय कार्यालय काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, विभिन्न संचार संस्था, पत्रकार तथा संचारकर्मी, अधिकारकर्मी लगायतको चौतर्फी दवाबपछि प्रहरीले घटनाको अनुसन्धान गर्न गम्भीर तथा बाध्य भएका थिए ।

अन्नपूर्ण पोस्ट्का बरिष्ठ समाचारदाता महतोलाई सडक किनारमा हिँडिरहेको अवस्थामा माघ ७ गते काठमाडौंको तीनकुनेमा एउटा बसका कर्मचारीहरूले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट दुव्र्यवहार गर्नुका साथै कुटपिटको प्रयास गरेका थिए ।

बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नामको गाडीका कन्डक्टर र चालकले उनलाई ‘भैया’ भनेर अभद्र व्यवहार गर्नुका साथै अश्लील गालीगलौज गरेका थिए ।

प्रकाशित : माघ १३,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री कार्यालयको चासो : सात दिनभित्र यात्रुहरूको अभिलेख तयार गर्न निर्देशन JCNEPAL MEDIA

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, बालीका दर्जनौँ उडान रद्द : JCNEPAL MEDIA

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA