संघीयता कसैले भन्दैमा खारेज हुदैन : मधेस प्रदेश प्रमुख मिश्र

माघ २२, २०८०/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : संघीयता कसैले भन्दैमा खारेज नहुने मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले बताएका छन । मधेश प्रदेशसभाको छैठौ वार्षिकोत्सवलाई आइतबार सम्बोधन गर्दै मिश्रले मधेश प्रदेश संघीयताको जननी भएकोले सरकारले जनताको चाहना अनुसारको कार्य गरेर देखाउनु पर्ने आग्रह गरेका छन ।

मुख्यमन्त्री सरोजकुमार यादवले सरकार र संसद एकै रथका दुई पांग्रा भएको भन्दै गठबन्धनहरु फेरिदैं गएको विभिन्न निर्वाचनहरुले गर्दा जुन गतिमा कामहरु हुनुपथ्र्याे हुन नसकेको स्वीकार गरे । मुख्यमन्त्री यादवले आफ्नो नेतृत्वमा सबै दल सामेल भएको र आफूले मंत्रीज्यूहरुलाई विकास केन्द्रित असल कामहरु गर्न मात्र भनेको स्पष्ट पारे ।

यादबले संघीयतालाई बलियो बनाउने संदर्भमा पटक पटक प्रधानमंत्रीज्यूसंग संवाद भएको प्रसंगमा प्रधानमंत्रीलाई आफूले सकारात्मक पाएको अनुभव पनि सुनाए । भौतिक पूर्वाधार विकास मंत्री कृष्ण प्रसाद यादवले यो प्रदेश बनाउंदै पूर्वाग्रही भएर बनाइएको चर्चा गर्दै ढिला भएपनि विकृति चिरेर आफूहरु अघि बढेको बताए ।

सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा प्रतिपक्षी दल नेकपा एमाले मधेश प्रदेश संसदीय दलका उपनेता दिपेन्द्र ठाकुर, लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका उपनेता उपेन्द्र महतो, जनमत पार्टीका सांसद अनिता साह, नेकपा माओवादीका सांसद माला कर्ण, नेपाल संघीय समाजवादी पार्टीका सांसद बिमला अंसारी, नागरिक उन्मुक्ति पार्टीका सांसद उर्मिला देवी सिंह, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित : माघ २२, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA