गठबन्धनको सरकार रहनु भन्दा नरहनु नै उतम : अध्यक्ष केपी ओलि

माघ २२, २०८० / जेसी नेपाल संवाददाता

मंजित कुमार राम, महाेत्तरी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले गठबन्धनको सरकार जति दिन रहे त्यति दिन सम्म जनतालाई दुख दिने भएकोले  सरकार रहनु भन्दा नरहनु नै उतम हुने बताउनुभएको छ। कुनै विचार मिलेको गठबन्धन नभएर स्वार्थहरु जोडेर बनाएको गठबन्धनको सरकार आपसमा टकराएर आगोको झिल्कोहरु निस्किरहेको छ, उहाँले भने,‘स्वर्थले जोडेर बनाएको गठबन्धन सरकारले मुलुक र जनताकोलागि केहि गर्न सकेको छैन ।

सरकार निकम्मा, भ्रष्ट र तस्करीको गठबन्धन बनेको उहाँले  टिप्पणि गर्नुभयाे। महोत्तरीको सदरमुकाम जलेश्वरमा सोमबार आयोजित नेकपा एमाले महोत्तरीको छैठौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुदै अध्यक्ष ओलीले गठबन्धनको सरकार छिमेकिहरुसंग बस्दा आखा मिलाएर कुरा गर्न नसक्ने, देशको हितमा कुरा गर्ननसकेर मुलुकको शिर झुकाएको टिप्पणि गर्नुभयाे ।

नेकपा एमालेको सरकार रहेको बेला सञ्चालनमा ल्याइएका सबै योजना तथा कार्यक्रमहरु वर्तमान सरकारले अधुरो र अपुरो छाडेको आरोप लगाउनुभएकाे छ । कार्यक्रमा नेकपा एमालेका सचिव रघुबिर महासेठले गठबन्धनको सरकारले मुलुकमा भ्रष्टाचार र तस्करी बढाएको आरोप लगाउनुभएकाे छ। एमाले सचिव सचिव योगेश भट्टराईले सुनकाण्ड, वालुवाटार काण्ड लगायतका अनेको काण्डमा गठबन्धनकै नेताहरुको सँल्गनता रहेका कारण सरकारले छानविन समेत प्रभावित पारेर देशलाई बर्बाद पारेको आरोप लगाए । सदरमुकाम जलेश्वरमा २८ बर्षपछि अध्यक्ष ओलीको आवागमन भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २८ बर्षपछि महोत्तरी सदरमुकाम जलेश्वर पुग्नुभएकाे छ।  छैठौं जिल्ला अधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्नका लागि पूर्वप्रधानमन्त्री समेत रहनुभएकाे एमाले अध्यक्ष ओली जलेश्वरको रंगशालामा सम्बोधन गर्नुभएकाे हाे। वि. सं. २०५२ सालमा पार्टीको कार्यक्रमका लागि सदरमुकाम जलेश्वर आउनुभएकाे थिए । त्यसपछि विविध राजनितीक उतारचढावका कारण ओली महोत्तरीको अन्य स्थानमा आएपनि जलेश्वर पुग्न सकेके थिएन् ।

 वि.सं. २०७२ सालमा संविधान जारी भएपछि चर्किएको मधेश आन्दोलनमा कडा आलोचना भोगेका अध्यक्ष ओली महोत्तरी आएका थिएन् । लामो समयपछि महोत्तरी सदरमुकाम जलेश्वर आएपछि ओलीलाई पार्टीका नेता, कार्यकर्ता लगायत जलेश्वरवासीले भव्य स्वागत गर्नुभएकाे थिए ।  अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हिन्दी, भोजपुरी र मैथिली भाषामा टोपी र धोती नेपालीको शान हो सन्देश दिनुभयाे। उहाँले भन्नुभयो  अगामी २०८४ को आमचुनावमा फेरि एकपटक देशमा विकासको लहर ल्याउनको लागि एमालेको वहुमत आवश्यक रहेको बताउनुभएको छ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिव रघुवीर महासेठले गठबन्धनको सरकारले मुलुकमा भ्रष्टाचार र तस्करी बढाएको आरोप लगाए । गठबन्धनको सरकारले जनतालाई अनादर गरेको उहाँले आरोप लगाउनुभयाे । त्यस्तै अर्का सचिव योगेश भट्टराईले सुनकाण्ड, बालुवाटार काण्डलगायतका अनेकौं काण्डमा गठबन्धनकै नेताहरूको संलग्नता रहेका कारण सरकारले छानबिनलाई समेत प्रभावित पारेर देशलाई बर्बाद पारेको आरोप लगाउनुभयाे ।

प्रकाशित : माघ २२, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

उठाउने बेलाको धानबाली हुरीले सखाप पर्दा चिन्तामा किसानJCNEPAL_MEDIA

कांग्रेसका प्रकाशमान सिंहले पाए कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी JCNEPAL_MEDIA

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA