राहुलको भर्ना शुल्क सामाजिक विकास मन्त्रालयले दिने : सुदूरपश्चिम प्रदेश

माघ २३, २०८० / जेसी नेपाल संवाददाता

पुजा श्रेष्ठ

धनगढी : एमबीबीएस अध्ययनका लागि कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले तिर्ने भएको छ । चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भए पनि आर्थिक अभावले उनको भर्ना छुटेको थियो । प्रदेश सरकारको समेत आर्थिक छात्रवृत्ति पाएका उनी पनि भर्ना हुनबाट वञ्चित थिए । सोमबार चिकित्सा शिक्षा आयोगलाई पत्र लेख्दै मन्त्रालयले भर्ना शुल्क तिरिदिने उल्लेख गरेको हो ।

उनको भर्ना छुटेको बारेमा पत्रपत्रिकामा समाचार आए पछि मंत्रालयका ध्यानाकर्षण भएको छ । कैलालीको गौरीगंगा नगरपालिका–६ का राहुल विपन्न परिवारका हुन् । परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफैंले जोहो गरेर भर्ना गर्न सक्ने अवस्था थिएन । राहुल युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा छनोट भएका थिए । सो टिचिङ हस्पिटलले भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ गतेसम्म तोकेको थियो । हस्पिटलले एमबीबीएसको अध्ययनका लागि ४६ लाख लाग्ने कुल शुल्कमा १५ लाख भर्ना हुने बेला नै बुझाउनुपर्ने भनेको थियो । यसअघि राहुलले आफ्नो भर्ना छुट्न लागेको जानकारी गराउँदै सामाजिक विकास मन्त्रालयका कर्मचारी, मन्त्री सबैसँग गुहारेका थिए तर कसैले सुनेनन् ।

मन्त्रालयले टार्नका लागि माघ ३ गते ‘जो जससँग सम्बन्धित छ’ व्यहोराको पत्र थमाएको थियो । त्यस व्यहोराको पत्रलाई हस्पिटलले आधार मानेन । प्रमुख सचिव हरि लम्सालसमेतको सक्रियतामा सोमबार मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई भर्नाका लागि सहजीकरण गरिदिन आग्रह गर्दै शुल्क तिर्ने पत्र लेखेको हो । अब राहुलले भर्ना पाउने–नपाउने यकिन फागुन पहिलो साता हुनेछ । भर्ना भएका विद्यार्थीहरूको पढाइ सुरु भएपछि कलेजहरूले सिट खाली हुने अवस्थामा भर्नाको (र्‍यापअप म्याचिङ लिस्ट) सूची निकाल्छन् । त्यस अवस्थामा सिट खाली हुन आए आफूले भर्ना पाउने सम्भावना रहने राहुलको भनाइ छ ।

राहुलको भर्ना सुनिश्चित गर्न प्रदेश सरकारले जिम्मेवारी लिएर थप पहल गर्नुपर्ने वताएका छन ।

प्रकाशित : माघ २३, २०८० ०७:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

उठाउने बेलाको धानबाली हुरीले सखाप पर्दा चिन्तामा किसानJCNEPAL_MEDIA

कांग्रेसका प्रकाशमान सिंहले पाए कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी JCNEPAL_MEDIA

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA