मिटर ब्याजीले एक जना महिलालाई घरवारविहीन बनाइयो : महाेत्तरी

माघ २२,२०८०/ जेसी नेपाल मिडिया

महाेत्तरी जिल्ला भंगहा नगरपालिका वाडा नं. ९ का मिटर ब्याजीकाे कारणले घरवारविहीन बनेकाे छ , एक जना आइमाई । उक्त ठाउँमा बस्ने निजकी पति रशसलाल यादवकाे छाेरा रामबाबु यादवकाे नाउँमा जिल्ला अदालत महाेत्तरी तामेलि पत्र आयेको छ ।

"बेटी पढाउ बेटी बचाउ "अभियान मधेस प्रदेशमा चलिरहेको बेला आज एृउटा बेटी मिटर ब्याजकाे कारणले घरवारविहीन रहेको अबस्था छ । उहाँको श्रीमान्लाई जेलमा पुर्याइएको छ। बिदेश गएको छोरो सम्पर्क विहिन छ ।

साहुले ऋणीलाई ऋण लिँदा उहाँको आफ्नै घर नामसारी गर्न लगाइयो । बसिरहेको आफ्नै घरमा बस्न घरभाडा सम्झौता गराइयो । उल्टै सो घरको भाडा नतिरेको भनेर घर खालि गराउन अदालतमा मुद्दा हालियो । १८ गते अदालतले १५ दिनभित्र घर खालि गरिदिनु भनेर तामेली पठाएछ ।

बिहानै एक जना मिटर ब्याजबाट पिडित सोहि पत्र बोकि घरमा आइपुग्नुभयो । गरिबको पक्षमा न जय मधेस छ, न त जय नेपाल वा लालसलाम ,अनि संघियता र गणतन्त्र केका लागि ? राज्य पनि निस्ठुर र क्रुर बनेका छन । हुने खानेकाे लागि मात्रै , याे राज्य रहेको पुष्टि गरिन्छ ।

यो दृष्टान्तले प्रमाणित गर्छ, यो राज्यसत्ता गरिबको हैन ।

प्रकाशित : माघ २२,२०८० ०७:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा चोरीका मोटरसाइकल बरामद, अनुसन्धानका लागि ७ जना पक्राउ : JCNEPALMEDIA

“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA