शान्ति–सुरक्षा चुस्त बनाउन डिआइजी निर्देशन, डिआईजीसँग इलामबासीले उठाए ड्रक्सदेखि आत्महत्या नियन्त्रणसम्मकाे कुरा : इलाम

माघ २७, २०८० / जेसी नेपाल संवाददाता

रमेश श्रेष्ठ / इलाम

इलाम : कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङले इलामको शान्ति–सुरक्षा चुस्त बनाउन मातहत प्रहरीलाई निर्देशन दिएका छन् । भर्खरै प्रदेशमा प्रहरी प्रमुखका रूपमा आएका उनले जिल्ला भ्रमणक्रममा बिहीबार इलाममा यस्तो निर्देशन दिएका हुन् ।

जिल्लाको मुख्य समस्या के छ, त्यसमा ध्यान दिन मातहत प्रहरीलाई मेरो निर्देशन छ : उनले भने । तर, कुनै पनि समस्या प्रहरीमात्रैको प्रयासले समाधान हुँदैन, सिंगो जिल्लाबासीले प्रहरीलाई सघाउनुपर्छ । उनले इलाममा लागुऔषध, आत्महत्या र साइबर अपराध मुख्य समस्याका रूपमा देखिएको बताए ।

यी समस्या कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेमा प्रहरी चिन्तित छ : उनले भने । सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौं, चासो गरौं, समाधान गर्न सकिन्छ । डिआइजी खापुङले मोबाइल र सामाजिक सञ्जालमार्फत् ठगी हुनेगरेको भन्दै सचेत रहन सबैमा आग्रह पनि गरे । मोबाइलमार्फत् प्रेम सम्बन्ध राख्ने, बिहे गर्ने, पैसा लेनदेन गर्नेजस्ता घटना हुने र पछि गएर अपराधमा बदलिनेगरेको उनको भनाइ छ ।

यी घटना नियन्त्रणका लागि प्रहरीले कानुनअनुसार कारबाही गर्नेगरेको र न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रमसमेत समुदाय र विद्यालयमा सञ्चालन गरिरहेको उनको भनाइ छ । जिल्लाका सरोकारवालासँगको भेटघाटमा जिल्लाबासीले डिआइजी खापुङलाई विभिन्न समस्याबारे जानकारी गराएका थिए । नेकपा ९एमाले० जिल्ला उपाध्यक्ष उदयबहादुर राईले भारतीय सीमा क्षेत्रमा भारतीय पक्षबाट बेला–बेला विभिन्नखाले ज्यादती हुनेगरेको बताए । भारतपट्टिको सीमामा दशगजामै सुरक्षा पोस्ट र संरचना निर्माण गर्दा पनि हामी केही भन्न सकेका छैनौं : उनले भने ।

सीमा समस्या समाधान नहुँदा जिल्लाबासीले लामो समयदेखि सास्ती खेप्नुपरिरहेको छ, प्रहरीले समाधानमा पहल गरोस् । नेपाली काग्रेस जिल्ला उपसभापति खगेन्द्र देवानले इलामको पूर्वमा सीमा समस्यादेखि दक्षिणमा वन तस्करी र पश्चिममा अपराधका विभिन्न घटना हुनेगरेको बताए । आत्महत्या र लागुऔषध दुव्र्यसनीको समस्या पनि गम्भीर छ : उनले भने । ‘प्रहरीले यी समस्या समाधानमा ठोस कदम चाल्नुपर्छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक विजयले जिल्लाका धेरैखाले समस्यामा प्रहरीले गम्भीर रूपमा अनुसन्धान र समाधान गर्न लाग्नुपर्ने सुझाए । नेपाल पत्रकार महासंघ, इलाम शाखा सचिव भीम चापागाईंले जिल्लाका विशेषगरी सहरी क्षेत्रमा लागुऔषधको कारोबार र दुव्र्यसनको अवस्था विकराल रहेको बताए । कतिपय विद्यार्थीले लागुऔषध प्रयोग गरी स्कुलको पढाइ नै छाडेका छन्, युवामात्र नभई बालबालिकासमेत लागुऔषध प्रयोग र कारोबारमा देखिन्छन् : उनले भने । प्रहरीले यसको मिहिन ढंगले अनुसन्धान गर्न जरुरी छ । उनले कतिपय लागुऔषध प्रयोगकर्ता सानातिना चोरीका घटनामा समेत संलग्न भइरहेको आशंकासमेत व्यक्त गरे ।

पत्रकार सुजन तिम्सिनाले इलाम आउने पर्यटकलाई शान्ति–सुरक्षाको प्रबन्ध राम्रो गर्न सुझाए । उनले प्रहरी भवन र उनीहरूका आधारभूत संरचना व्यवस्थित गर्न पनि आग्रह गरे । अर्का पत्रकार सुदीप श्रेष्ठले अहिले गाउँ–गाउँका विद्यालयमा समेत लागुऔषधको सञ्जाल फैलिइरहेको भन्दै त्यसको नियन्त्रणका लागि गम्भीर बन्न प्रहरीलाई आग्रह गरे ।

भूतपूर्व प्रहरीका प्रतिनिधिले आफूहरूलाई पनि प्रहरीले कुनै न कुनै सामाजिक काममा प्रयोग गर्न आग्रह गरे । हामी पनि लामो समय देश र नागरिककै लागि सेवा गरेका व्यक्ति हौं : एक प्रतिनिधिले भने । हाम्रो सक्षमतालाई पनि प्रहरीले आवश्यक ठाउँमा प्रयोग गरोस्, हामी सहयोग गर्न तयार छौं ।

प्रकाशित : माघ २७,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

उठाउने बेलाको धानबाली हुरीले सखाप पर्दा चिन्तामा किसानJCNEPAL_MEDIA

कांग्रेसका प्रकाशमान सिंहले पाए कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी JCNEPAL_MEDIA

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA