पोखराबाट ८ जना जुवाडे रंगेहात पक्राउ : कास्की

माघ २७, २०८० / जेसी नेपाल संवाददाता

मनिशा चाैलागाइ / कास्की

पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट ८ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय डाँडाकोनाकबाट खटिएको टोलीले पोखरा महानगरपालिका वडा नं. २९ भण्डारढिकबाट बुधबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट तास र ५७ हजार १ सय ९५ रुपैयाँ बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरा २७ तालचोकका बर्ष ५६ का दल्बहादुर गुरुङ, ४० वर्षीय कुमबहादुर गुरुङ, सैनिकबस्तीकी ३३ वर्षीया शान्ता मल्ल ठकुरी, पोखरा ३१ मोहरियाका ३७ वर्षीय जीवन शाही छन् । यसैगर पोखरा २९ सैनिकबस्तीकी ३६ वर्षीया सीतादेवी गुरुङ, ५७ वर्षीय तुलबहादुर पुन, ५६ वर्षीय भूपाल गुरुङ र ४८ वर्षका दुर्गा गुरुङलाई पनि रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध जिल्ला अदालतबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा १० दिनको म्याद लिएर अनुसन्धान प्रकृया अघि बढाइएको डीएसपी विकले बताए ।

प्रकाशित : माघ २७,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA