१५ वर्षिया बालिका बलात्कार गरेर फरार रहेका विश्वकर्मा १९ वर्षपछि पक्राउ

माघ २८, २०८० / जेसी नेपाल संवाददाता

राजन जयसवाल / सुनसरी

इटहरी : १९ वर्षअघि १५ बर्षिया बालिकालाई बलात्कार गरेर भागेका एक ब्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। बराहक्षेत्र–१ का अर्जुन विश्वकर्मालाई प्रहरीले धरान–१२ बाट पक्राउ गरेको हो।

विश्वकर्माले २३ मंसिर ०६१ मा १५ वर्षीय बालिकालाई बलात्कार गरेका थिए। उक्त बलात्कार मुद्दामा विश्वकर्मालाई सर्वोच्च अदालतको २९ वैशाख ०६७ को फैसला अनुसार ९ वर्ष ५ महिना १९ दिन कैद सजाय भएको थियो।

शुक्रबार पक्राउ परेका विश्वकर्मालाई जिल्ला अदालत सुनसरीको आदेशानुसार झुम्का कारागार चलान गरिएको सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीले बताए।

प्रकाशित : माघ २८,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA