१५ वर्षिया बालिका बलात्कार गरेर फरार रहेका विश्वकर्मा १९ वर्षपछि पक्राउ

माघ २८, २०८० / जेसी नेपाल संवाददाता

राजन जयसवाल / सुनसरी

इटहरी : १९ वर्षअघि १५ बर्षिया बालिकालाई बलात्कार गरेर भागेका एक ब्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। बराहक्षेत्र–१ का अर्जुन विश्वकर्मालाई प्रहरीले धरान–१२ बाट पक्राउ गरेको हो।

विश्वकर्माले २३ मंसिर ०६१ मा १५ वर्षीय बालिकालाई बलात्कार गरेका थिए। उक्त बलात्कार मुद्दामा विश्वकर्मालाई सर्वोच्च अदालतको २९ वैशाख ०६७ को फैसला अनुसार ९ वर्ष ५ महिना १९ दिन कैद सजाय भएको थियो।

शुक्रबार पक्राउ परेका विश्वकर्मालाई जिल्ला अदालत सुनसरीको आदेशानुसार झुम्का कारागार चलान गरिएको सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीले बताए।

प्रकाशित : माघ २८,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA