सशस्त्रमा डिआईजी ठाडा मगरलाई खातैखाता : मधेशपछि बागमतीको जिम्मा #JC_NEPAL_MEDIA

माघ २९, २०८० / जेसी नेपाल संवाददाता

शिवकुमार / काठमाडौं

काठमाडौं : सशस्त्र प्रहरी बलले बिहीबार ४ डीआईजीको सरुवा निकालेको छ । जुन सरुवामा सशस्त्रले कसैलाई खातैखात कसैलाई पुर्पुरामा हात भन्ने उखान चरितार्थ गरेको छ । १८ महिना मधेश प्रदेशको डीआईजी भएर एक बर्षअघि मुख्यालय सरुवा भएका गणेश ठाडामगरलाई बागमती प्रदेशमा सरुवा गरिएको छ ।

मधेश प्रदेशमा १८ महिना बस्दा घुमुवाहरु इमाम मियाँ ठकुराई, आत्माराम पटेल, नन्दलाल यादवहरुलाई मासिक दररेट उठाउन प्रयोग गरी तस्करीको सेटिङ चलाएका ठाडामगरले माओवादीका शीर्षनेताहरुमार्फत् पुनः बागमती प्रदेशमा सरुवा मिलाउन सफल भएका छन् । मधेश प्रदेशमा १८ महिना बसेका डीआईजी गणेश ठाडामगर बागमतीमा सरुवा हुन सबै तारतम्य मिलाइसकेका छन् । ठाडामगर मधेश प्रदेशको डीआईजी हुँदा इमाम मियाँ ठकुराई, नन्दलाल यादव, राजीव यादव, आत्माराम पटेललाई सादा पोशाकमा घुमुवा खटाएर तस्करहरुबाट अकूत लाभ लिएको आरोप लागेको थियो ।

१६ बर्षदेखि मधेश प्रदेशमा घुमुवा बसेका इमामले ठाडामगरका पालामा मधेश प्रदेशका ८ वटै जिल्लामा तस्करीको सेटिङ गरेका थिए । बागमतीमा सरुवा हुनुअघि ठाडामगरले इमाम मियाँलाई एक दिन उनको दरबन्दी रहेको इलामको श्रीअन्तु गुल्ममा हाजिर हुन पठाएर भोलिपल्टै सशस्त्र मुख्यालयमा हाजिर हुन पत्र पठाएका थिए । मधेश प्रदेशबाट हुने तस्करीको संजाल थाहा पाएका इमामलाई बागमतीमा सरुवा हुनासाथ ठाडामगरले घुमुवा राख्नका लागि श्रीअन्तु गुल्ममा हाजिर भएकै भोलिपल्ट सशस्त्र मुख्यालयमा झिकाएका छन् ।

इमाम नक्कली बिरामीका रुपमा सशस्त्रको अस्पताल बलम्बुमा काजमा थिए । अर्को पनि पढ्नैपर्ने सशस्त्रमा २ प्रदेशका डीआईजी सरुवा हुँदै, बागमतीमा जान ठाडामगरको दौडधूप इमाम सशस्त्र प्रहरी अस्पताल बलम्बुमा नक्कली बिरामी भएर एक बर्षदेखि बसेकोबारेमा समाचार लगातार आएपछि ठाडामगरले उनलाई हाजिर गर्न पठाएका थिए । इमाम आलमले मधेश प्रदेशमा हुँदा ठाडामगरका घुमुवाका रुपमा तस्करीको सेटिङ गरेकोबारेमा प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारमा समेत उजुरी परेको थियो ।

इमामविरुद्ध हेल्लो सरकारमा परेको उजुरी सशस्त्रमा राजु अर्यालपछि नारायणदत्त पौडेल र बंशी दाहालमध्ये एक आईजीपी हुनेछन् । त्यसपछि आईजीपी हुने योजनामा रहेका दाहालले माओवादीदेखि नेकपा एकीकृत समाजवादीका केही नेतालाई रिझाउँदैआएका छन् । तिनै नेताहरुको दबाबमा उनी मधेश प्रदेश र त्यसपछि बागमतीमा सरुवा मिलाउन सफल भएका छन् । जबकि कर्णाली,सुदूरपश्चिम, गण्डकीमा कार्यरतलाई बागमतीमा सरुवा गरिनुपर्ने थियो ।

मधेशमा बसेका ठाडामगरले राजनीतिक दबाब दिएर बागमतीमा जान सफल भएको स्रोत बताउँछ । १८ महिना मधेश प्रदेशमा बस्नुभयो, फेरि बागमती प्रदेशमा सरुवा मिलाउनु भयो राजनीतिक दबाब त चर्कै दिनुभएछ नि भन्ने अनलाइन नेपालको जिज्ञाशामा डिआईजी ठाडा मगरले भने–‘आईजीसा’पले जहाँ खटाउनुहुन्छ त्यहाँ जाने हो । मैले दबाब दिएको छैन । अहिले अफिसमा काम गरिरहेको छु । गणेश ठाडामगरले भने ।

प्रकाशित : माघ २९,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गँगासागरको डीलमा रामनारायण मिश्रको समाधीस्थल निर्माण कार्य रोक्का गर्न उच्च अदालतको अन्तरिम आदेश : JCNEPAL MEDIA

सिंहदरबारभित्र प्रदर्शन गरेपछि लिङ्देन र शाही प्रहरी नियन्त्रणमा : JCNEPAL MEDIA

निर्मल निवासमा पूर्वराजासँग राप्रपा नेताहरूको `शुक्रबारे कचहरी´ : JCNEPAL MEDIA

राप्रपा प्रदर्शनमा घुसपैठ हुने डरले शिक्षकहरु बिहानै गरे आन्दोलन : JCNEPAL MEDIA

एक भारतीय विद्यार्थीको गोली हानी हत्या : क्यानडा JCNEPAL MEDIA

स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभावले केही क्षेत्रमा वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखाका JCNEPAL MEDIA