स्याङ्जामा वालविवाहकाे असंकामा बेहुलाबेहुली पक्राउ #JC_NEPAL_MEDIA

फाल्नु २, २०८० / जेसी नेपाल संवाददाता

श्याम बाबु राेकाहा / स्याङ्जा

स्याङ्जा : स्याङ्जामा वालविवाहकाे असंकामा बेहुलाबेहुली पक्राउ गरेका छन । जोडीलाई तीन वर्ष जेल र तीस हजार रुपैयाँ बराबरको कारबाही हुन सक्ने सम्भावना रहेको छ । स्याङ्जामा विवाहकै दिन एक जोडीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।

विवाह पश्चात् घरमा बेहुली भित्र्याउने क्रममा उक्त जोडीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो । माघ ११ गते पुतलीबजार नगरपालिका-७ कि १७ वर्षीय किशोरी घरबाट कसैलाई नसोधी हिँडेपछी सम्पर्कबिहिन हुन्छिन् ।

परिवारको सम्पर्कमा नआएपछि किशोरीकी आमाले सोही दिन प्रहरीमा छोरी हराएको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । रानाले बालिका हराएको उजुरीको सातौं दिनमा पुतलीबजार नगरपालिका-४ का १८ वर्षीय किशोरसंग बालिकाको बालविवाह हुन लागेको खबर आएको बताए ।

हराएकी बालिका विवाह गर्ने तयारीमा रहेको खबर आएपछि उक्त जोडीबीच बालविवाह भएको हो वा होइन भन्ने विषयको अनुसन्धानमा लागेको प्रहरी टोलीले उक्त जोडी बालबालिका भएको र बालविवाह गरेको प्रमाणित भएसङ्गै उनीहरुलाई नियन्त्रणमा लिइएको डिएसपी रानाले बताए । जन्तीसहित बाजा बजाएर केटाको घर नजिकै रहेको शिव मन्दिरबाट तामझामका साथ विवाह गरेर घरमा बेहुली भित्र्याउन केही समय मात्र बाँकी रहँदा जोडीलाई पक्राउ गरिएको डिएसपी रानाले बताए ।

उनले विवाहमा बालिका पक्षको संलग्नता नरहेपनि बालविवाहमा जन्तीसहित केटा पक्षको संलग्नता रहेको बताए । डिएसपी रानाले बालविवाह पुष्टि भएसङ्गै पक्राउ गरिएको जोडीलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिए । उनले दुईजनाबीच प्रेमपछि विवाह भएको अनुमान गरिएको र आवश्यक अनुसन्धान गरिरहेको बताए । डिएसपी रानाले २० वर्ष नपुगी गरेको विवाहलाई कानुनी मान्यता नदिने भएकाले उक्त विवाह बदर हुने बताए ।

उक्त विवाह गर्ने जोडीलाई मुलुकी अपराधसंहिता,२०७४ अनुसार विवाह कसुरमा कारबाही हुनेछ भने नेपालको कानुनमा २० वर्षभन्दा पहिला विवाह गर्ने जोडीलाई तीन वर्ष जेल र तीस हजार रुपैयाँसम्मको कारबाही हुने उल्लेख गरिएको छ । किशोरी ११ कक्षामा अध्ययनरत छन् भने १२ कक्षा अनुत्तीर्ण भएपछि किशोरले टेम्पु चलाउँदै आएका छन् ।

प्रकाशित : फाल्नु २, २०८० ०५:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेसका प्रकाशमान सिंहले पाए कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी JCNEPAL_MEDIA

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

सीके राउतको सम्वन्ध विच्छेदमा उठ्यो चरित्रको प्रश्न : JCNEPAL_MEDIA