डिएसपीकै यातनाका कारण एमाले नेता न्यौपानेले गरे आत्महत्या #JC_NEPAL_MEDIA

फाल्नु ६, २०८० / जेसी नेपाल संवाददाता

बुध लामा / दाेलखा

चरिकोट : मेलुङ गाउँपालिका वडा नम्वर १ पवटी निवासी नेकपा एमाले दोलखाका जिल्ला कमिटी सदस्य कपिलमणी न्यौपाने आज विहान घर नजिकै मृत फेला परेका छन ।

मेलुङ १ पवटीस्थित परिवारसँगै घरमा वसेका न्यौपाने आज विहान करिव ५ बजेको समयमा घर नजिकै रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको स्थानीयवासीले बताएका छन । दोलखाको मेलु्ङ गाउँपालिका वडा नम्वर १ पवटीमा रहेको सुर्यदय बचत तथा ऋण सहकारी संस्थामा माघ १५ गते राती ३२ लाख ८७ हजार रुपैयाँ सहकारीको भल्टबाटै चोरी भएको भनी संचालकहरुले बताएका थिए ।

न्यौपानेको घरमा रहेको सहकारी चोरी भएपछि प्रहरीले आज मृत फेला परेका एमाले नेता न्यौपानेलाई अनुसन्धाको लागि भन्दै गत माघ १७ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । सरकारी सेवाबाट अवकाश प्राप्त न्यौपानेलाई घर धनी भएकै आधारमा सहकारी चोरीको मुद्धामा दोलखा प्रहरीले पटक पटक नियन्त्रणमा दिँदै छाडदै गरेको थियो ।

प्रहरीले घटनाको विषयमा गहिरो अनुसन्धान नगरी पटक पटक नियन्त्रणमा लिएर चरम यातना दिने गरेको मृतकका भाई कोशिषमणी न्यौपानेले बताउनु भयो । माघ १७ गते नियन्त्रणमा लिएका न्यौपानेलाई प्रहरीले अनुसन्धानको बहानामा हिरासतमा राखेर केही छाडेको थियो । पुनः नियत्रणमा लिई फागुन २ गते न्यौपानेलाई प्रहरीले हिरासतमुक्त गरेको थियो ।

सहकारी चोरीको घटनामा संचालकहरुलाई सामान्य सोधपुछ समेत नगरी घरधनीलाई मात्रै पटक पटक नियन्त्रणमा लिने र यातना दिने गरेपछि स्थानीय तथा सहकारीका शेयर सदस्यहरुले प्रहरी प्रशासनको अनुसन्धानको नियतमा चौतर्फी आलोचना गरेपछि न्यौपानेलाई फागुन २ गते छाडिएको थियो । हिरासतबाट मुक्त भएपछि न्यौपाने पवटीस्थित घर जानुभएको थियो ।

घरमा परिवारसँग रहनुभएका न्यौपानेलाई दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक खड्काले मदिरा सेवन गरी राती करीव १० बजे टेलिफान गरेको र मानसिक यातना दिएको परिवारका सदस्यहरुले बताएका छन् । हाल मृततको साथमा रहेको मोवाईल समेत प्रहरीले आफ्नो साथमा राखेका छ । सहकारी चोरीमा अनुसन्धाको लागि प्रहरीलाई सघाउने बताइरहनु भएका न्यौपानेलाई पटक पटक प्रहरीले जवरजस्ती दोषी देखाउने प्रयाश गरेको र मानसिक उातना दिएको कारण आत्महत्याको बाटो रोजेको आफन्तहरुले बताएका छन् ।

देशभर सहकारी ठगीको घटना वाहिरी रहँदा सो सहकारी समेत चोरी भएको नभई संचालकहरुबाट ठगी भएको हुन सक्ने स्थानीयको आशंका छ । ग्रामीण क्षत्रमा रहेको सो सहकारीमा नगद ३२ लाख ७८ हजार रकम भए÷नभएको समेत एकिन गर्नका लागि प्रहरीलाई स्थानीयहरुले आग्रह गरेका थिए । सहकारीका संचालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिनु पर्ने शयेर सदस्यहरुले माग गरेका छन् । दोलखा काप्रहरी प्रमुख खड्का पटक पटक विभिन्न घटनामा विवादमा आउने गर्नुभएको छ ।

दोलखाकै चेली बिहाव गर्नुभएका डिएसपी खडकाले हरेक घटनामा आर्थिक लाभ लिने तथा दोषी उम्काउन निर्दाेषलाई फसाउने अभियान चलाउँदै आएको आरोप लागेको छ । प्रहरी प्रमुख खडका अधिकांश घटनामा विवादमा आउने गर्नुभएको छ । केही समयअघि भरुवा बन्दुक मुद्धामा पक्राउ परेका व्यक्तिहरुलाई चरम यातना दिएको र दवावमा वयान दिन लगाएको भन्दै मानव अधिकार आयोगमा समेत उजुरी परेको छ । डिएसपी न्यौपानेको यातना सहन नसकी आत्महत्या रोजेका न्यौपानेको शव हाल चरिकोटस्थित पशुपति चौलागाई स्मृती अस्पतालमा राखिएको छ ।

घटनाको विषयमा डिएसपी खड्काले वास्तविकता बताउनु पर्ने, कार्यालय समयमा समेत मदिरा सेवन गरी नागरीकहरुलाई आतंकीत पार्ने हुँदा प्रहरी प्रमुखको मापसे परिक्षण गरिनु पर्ने, सहकारी चोरी वा घोटला छानवीन गरिनु पर्ने, संचालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिनु पर्ने भन्दै परिवारहरुले शव पोसर्माटम गर्न दिएका छैनन ।

-जनताटाइम्स

प्रकाशित : फाल्नु ६, २०८० ०४:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेसका प्रकाशमान सिंहले पाए कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी JCNEPAL_MEDIA

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

सीके राउतको सम्वन्ध विच्छेदमा उठ्यो चरित्रको प्रश्न : JCNEPAL_MEDIA