गणपति (एसपी) डम्बर बहादुर विष्ट कमाण्ड सम्हालेको १६ महिना रहँदा सीमामा सुरक्षा बढाएर जाँदा प्रशंसा कमाए #JC_NEPAL_MEDIA

फाल्नु ९, २०८० / जेसी नेपाल मिडिया

संताेश विक / दार्चुला दार्चुला : सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति (एसपी) डम्बर बहादुर विष्ट कमाण्ड सम्हालेको १६ महिना पूरा गरी बिदाइ भएका छन् । बडिमालिका जवान तालिम शिक्षालय कैलाली सरुवा भएका उनको धुमधामसँग बिदाई गरिएको छ ।

चारवटै सुरक्षा निकायको उपस्थितिमा बाजागाजासहित सोमवार बिष्टलाई फेरी भेटौला कार्यक्रमअन्तर्गत बिदाई गरिएको हो । २०७९ कात्तिक २ गते नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको गणपतिको जिम्मेवारी सम्हालेका विष्टको १६ महिने कार्यकाल सुखद् र उपलब्धीमूलक रह्यो । उनको कार्यकालमा भारत र चीनसँगको सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढ्यो भने बिपदजन्य घटना र मानवीय सहायताका क्रियाकलापमा अग्रसरता रह्यो । यस वर्ष मात्रै जिल्लाका दुई महत्वपूर्ण भूगोलमा सुरक्षा र निगरानी बढाउने उद्धेश्यले बीओपी स्थापना छन् ।

२०८० वैशाख २४ गते व्याँस गाउँपालिका–४ सुन्सेरामा बीओपी स्थापना भयो भने पहिलो पटक चीनको तिब्बत सीमा क्षेत्र व्याँस गाउँपालिका–१ टिंकरमा २०८० भदौ २२ गते बीओपी स्थापना भइ सुरक्षा उपस्थिति तैनाथ भएको छ । सीमा सुरक्षाको म्याण्डेट पाएको सशस्त्र प्रहरीले जिल्लाको मालिकार्जुन गाउँपालिका–६ स्थितको बाँकु र ब्याँस गाउँपालिका–२ मालघाटमा झोलुंगे पुल सुरक्षार्थ फरवार्ड बिओपी स्थापना गरी खटिएको छ । यस्तै माघ ६ गते व्याँस गाउँपालिका–२ दुम्लिङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट भवनको शिलान्यास गरी भवन निर्माण प्रक्रिया अगाडी बढेको छ । साथै व्याँस गाउँपालिका–१ स्थित तल्लो कौवामा बीओपी स्थापना गर्न स्थलगत अध्ययन गरी उक्त स्थानको कित्ता नम्बर ८८६ को २० रोपनी जग्गा उपलब्ध गराउने सम्बन्धमा सबै निकायबाट सहमती प्राप्त भई सशस्त्र प्रहरी बल नेपालको मजकुर कार्यालयमा लेखापढी समेत भइसकेको जनाइएको छ ।

विष्ट यसअघि साविकको ५० नम्बर गुल्म खलंगाको गुल्मपतिमा १२ महिना बसेका थिए । गुल्मपति हुँदा २०७७ वैशाख ३१ गते व्याँस गाउँपालिका–१ छाङ्गरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भयो । त्यसको डेढ महिनापछि २०७७ असार १८ गते व्याँसकै वडा नम्बर २ दुम्लिङ, मालिकार्जुन गाउँपालिका–७ जोलजिवी र लेकम गाउँपालिका–३ लालीमा पनि बीओपी स्थापना भए । एसपी विष्टले आफ्नो दार्चुलाको पछिल्लो १६ महिने बसाइ र काम गराइमा सबै क्षेत्र र पक्षबाट सहयोग प्राप्त भएको बताएका छन् ।

धेरैले उनको व्यवहार र असल आचरणको प्रशंसा गरेका छन् भने सुरक्षा उपस्थिति बाक्लिनु र समन्वयकारी भूमिकामा साथ थापेका छन् । यसैबीच एपीएफ अस्पताल काठमाण्डौंबाट सरुवा भइ आएका सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्तको स्वागत गरिएको छ ।

प्रकाशित :फाल्नु ९, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA