बिवाईडी दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : क्वाटरफाइनल खेलमा मोनास्टिक स्कुल र सिद्धार्थ स्कुल विजयी #JC_NEPAL_MEDIA

फाल्नु १०, २०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको क्वाटरफाइनल खेलमा मोनास्टिक स्कुल र सिद्धार्थ स्कुल विजय भएका छन । पहिलो खेल राष्ट्रिय मा.वि. रुपैठा र मोनास्टिक स्कुल बीच भएको थियो जसमा राष्ट्रिय मा.वि. रुपैठाले टस जितेर मोनास्टिक स्कुललाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो ।

ब्याटिङ सुरु गरेको मोनास्टिक स्कुलका खेलाडीहरु १५ ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ११५ रनको लक्ष्य दिएको थियो । मोनास्टिक स्कुलको टिमका लागि आर्यन अक्रमले २८ बलमा २९ रन र नितेश यादवले ११ बलमा १७ रनको योगदान दिएको थियो । राष्ट्रिय मा.वि. रुपैठाको तर्फबाट लागि बलिङ गरेका नरेश ठाकुरले २ ओभरमा १८ रन खर्चेर २ विकेट र राजेश मण्डलले ३ ओभरमा ३० रन खर्चेर २ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफि ब्याटिङका लागि आएका राष्ट्रिय मा.वि.का ब्याट्म्यनहरु मोनास्टिक स्कुलको बलिङ सामु चल्न सकेन जसले गर्दा १५ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाउन सक्यो र उक्त खेल मोनास्टिक स्कुलले ३७ रनले जित्न सफल भयो। राष्ट्रिय मा.वि.का खेलाडीहरु मध्ये आशिष यादवले ३४ बलमा २२ रन बनाए भने नाजाम खानले १४ बलमा २२ रन बनाए । मोनास्टिक स्कुलको टिमका लागि बलिङ गरेका रोहित महितोले ३ ओभरमा १४ रन खर्चेर ६ विकेट लिन सफल भएको छ भने धिरज दासले पनि ३ ओभरमा १४ रन खर्चेर कुनै सफलता पाउन सकेनन। यस खेलको म्यान अफ दी म्याच मोनास्टिक स्कुलको खेलाडी रोहित महितो भएका थिए भने मैन अफ दि मैच पुर्व गृहमन्त्री तथा माओवादी केन्द्रका संसदीय दलका नेता माननीय भरत प्रसाद साह द्वारा प्रदान गरिएको थियो !

त्यस्तै दोस्रो खेल सिद्धार्थ स्कुल र संकटमोचन स्कुल बीच भएको थियो जसमा सिद्धार्थ स्कुलले टस जितेर ब्याटिङग रोजेको थियो। ब्याटिङ सुरु गरेको सिद्धार्थ स्कुलका खेलाडीहरु २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि १४४ रनको लक्ष्य दिएको थियो । सिद्धार्थ स्कुलको टिमका लागि रादित्य राय १९ बलमा २३ रन र मुकेश यदवले २३ बलमा २३ रनको योगदान दिएको थियो । संकटमोचन स्कुल तर्फबाट लागि बलिङ गरेका अंकित यादवले ४ ओभरमा १८ रन खर्चेर १ विकेट र अजय मण्डल ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिन सफल भएका थिए । खेलमा जवाफि ब्याटिङका लागि आएका संकटमोचन स्कुलका खेलाडीहरु २० ओभरमा ६ विकेटको क्षतिमा सजिलै १४२ रन बनाउन सफल भयो तर मात्र १ रन खेलमा हार ब्यहोर्नु पर्यो ।

उक्त रोमान्चक खेल सिद्धार्थ स्कुलले १ रनले जित्यो। संकटमोचन स्कुलका खेलाडीहरु मध्ये जसमुद्दिन अन्सारीले ४८ बलमा ५६ रन बनाए भने अन्कित यादवले १३ बलमा १५ रन बनाए । सिद्धार्थ स्कुलको टिमको लागि बलिङ गरेका आयुष यादवले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए भने बर्गीश चोरभारले पनि ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच सिद्धार्थ स्कुलका खेलाडी आयुष यादव भएका थिए भने ट्रफी पुर्व उद्योग वन पर्यटन तथा वातावरण मन्त्री शत्रुधन महतो तथा मधेस नीति आयोगका सदस्य माननीय सोहन प्रसाद साहद्वारा संयुक्त रुपमा प्रदान गरिएको थियो !

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता भईरहेको छ। भोलि सेमिफाइनल गोगल प्रसाद मा.वि. vs सिद्धार्थ स्कुल र मदर टेरेसा स्कुल vs मोनास्टिक स्कुल को खेल हुने आयोजकले जानकारी दिएको छ।

प्रकाशित : फाल्नु १०,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA

धनुषा जिल्ला अदालतबाट आफ्नै श्रीमतिमाथि बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना जेल, १ लाख जरिवाना : JCNEPAL MEDIA

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA