एमालेका सरोज यादव बने भौतिक पूर्वाधार मन्त्री, मधेस सरकारमा एमालेकाे प्रवेश

चैत्र ६,२०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेश सरकारमा एमालेको प्रवेश भएको छ। नेपाली कांग्रेसको मन्त्रीलाई बर्खास्त गर्दै एमाले संसदीय दलका नेता सरोज कुमार यादवले भौतिक पूर्वाधार मन्त्रालय लिँदै शपथ ग्रहण गरेका छन्। 

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले मन्त्रीको शपथ खुवाएका थिए। एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन्। मधेश सरकारमा नेपाली कांग्रेसबाट ३ जना मन्त्री छन्।

त्यस्तै जनमत पार्टीका सांसदले सरकार छाड्दा खाली भएका २ मन्त्रालय पनि मुख्यमन्त्रीको जिम्मामा छ। स्रोतका अनुसार नेकपा एमालेले ४ वटा मन्त्रालय पाउनेछ। एमाले नेता सरोजकुमार यादव २०७९ पुस २७ मा मधेशको भौतिक पूर्वाधार मन्त्री बनेका थिए।

तर केन्द्रमा गठबन्धन फेरिएपछि एमाले सरकारबाट बाहिरिएको थियो।  एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले तत्काल एकजना मात्रै सरकारमा सहभागी भएको र पछि पुन: ३ जना सहभागी हुन सक्ने बताए।

कांग्रेसको मन्त्रीलाई राजीनामा दिन भने पनि नमानेपछि बर्खास्त गरिएको हो। समारोहमा मुख्यमन्त्री सरोज यादव तथा सभामुख रामचन्द्र मण्डल सहभागी रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA