टिपर दुर्घटनामा च्यापिएका चालकको पाँच घण्टापछि जीवितै उद्धार

७,०८० / जेसी नेपाल संवाददाता

मकवानपुरको भीमफेदी गाउँपालिकामा टिपर दुर्घटना हुँदा च्यापिएका चालकको झन्डै ५ घण्टापछि जीवितै उद्धार गरिएको छ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार भीमफेदी गाउँपालिका– १ खोप्लाङस्थित भैँसे–हेटौँडा सडकखण्डमा सोमबार बिहान भएको टिपर दुर्घटनामा च्यापिएका चालकको ५ घण्टापछि जीवितै उद्धार गरिएको हो। चालक हटौँडा उपमहानगरपालिका–१५ भोर्लेका ४३ वर्षीय वीरबहादुर वाइबाको अहिले हेटौँडा– ११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। वाइबाको बायाँ हात भाँचिएको र कम्मरभन्दा मुनिको भागमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेकाे प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए।

सोमबार बिहान १० बजेतिर रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुंगाखानीबाट ढुंगा लिएर फ्याक्ट्रीतर्फ आउँदै गरेको ना ८ ख ८९१० नम्बरको टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो। चालक वाइबाको उद्धारमा जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको टोली र नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर सुपारेटार ब्यारेकबाट टोली खटिएको थियो।

उद्धारमा नेपाली सेनाको हाइड्रा, सेनाको प्राविधिक टोली र दुईवटा एक्साभेटरको प्रयोग भएको प्रवक्ता भण्डारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA

धनुषा जिल्ला अदालतबाट आफ्नै श्रीमतिमाथि बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना जेल, १ लाख जरिवाना : JCNEPAL MEDIA

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA