वैज्ञानिक खेतीका लागि प्रवि धिको विकासमा जोड दिन मुख्यन्त्री यादवको निर्देशन

चैत्र १०, २०८०/ जेसी नेपाल सम्वाददाता

मुख्यमन्त्री सरोजकुमार यादवले मधेश कृषि विश्वविद्यालयका पदाधिकारीहरुलाई वैज्ञानिक खेतीका लागि उन्नत बाली एवं प्रविधिको विकासमा जोड दिन निर्देशन दिनुभएको छ ।

मधेश कृषि विश्वविद्यालयको तेस्रो विश्वविद्यालय सभालाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री यादवले कृषिको मुख्य आधार क्षेत्र मधेश प्रदेशमा स्थापित कृषि विद्यालयले यस प्रदेशका किसानहरुलाई जिविकोपार्जनमुखी कृषि बाट व्यवसायिक एवं वैज्ञानिक कृषिमा रुपान्तरण गर्नका लागि प्रविधीको विकासमा जोड दिन निर्देशन दिनुभएको छ । हाम्रो मुलुकनै कृषि प्रदान देश हो , त्यसमा पनि मधेश प्रदेशको मुल अर्थव्यवस्था नै कृषिमा आधारित छ ।

तसर्थ हाम्रौ गौरवको योजनाको रुपमा रहेको मधेश कृषि विश्वविद्यालयले माटो सुहाँउदो प्रविधिको विकास गर्नुको विकल्प छैन । कृषि क्षेत्रमा भै रहेको ह्रासलाई नियन्त्रण गर्दैै वैज्ञानिक कृषिका लागि विश्व विद्यालयले गर्ने अनुसन्धान लगायतको कार्यमा प्रदेश सरकार हरसम्भव तैयार रहेको उनले बताए ।

 कृषिको विकास विना मधेशको विकास सम्भव नरहेको यथार्थलाई स्वीकार्य गर्दै मधेश सरकारले कृषि विश्वविद्यालयको स्थापना गरेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले भने ,‘ यसले दक्ष प्राविधिक उत्पादन गर्छ नै साथै उन्नत बालीको विकास र प्रविधिमा समेत उल्लेख भूमिका निर्वाह गर्नु पर्दछ । जनकपुरधाममा शुक्रवार सम्पन्न तेस्रो विश्वविद्यालय सभाले विश्वविद्यालयले पछिल्ला दिनमा गरेका कार्यहरुको अनुमोदन गर्नुको साथै अगामी दिनमा विश्वविद्यालय संचालन लगायतका कार्यमा आवश्यक पर्ने निति नियमहरु पारित गरेको छ । 

विश्वविद्यालयका कुलपति समेत रहनु भएका मुख्यमन्त्री यादवको अध्यक्षतामा भएको सभामा मुख्यन्यायधिवक्ता विरेन्द्र ठाकुर , सभाका सदस्यहरु निती तथा योजना आयोगका उपाध्यक्ष नाथुराम चौधरी, जागेश्वर यादव, डा. प्रकाश कुमार यादव, कृषि वैज्ञानिक उर्मिला साह, शिक्षा तथा संस्कृति मन्त्रालयका नि.सचिव महेन्द्र महतो,प्रा. डा. कन्हैया प्रसाद सिह , उपकुलपति डा वैद्यनाथ महतो, रजिष्ट्रार भगवान ठाकुर सहितका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA