धनुषामा एकाबिहानै भारतीय कारको ठक्करले एकजनाको मृत्यु

१३, २०८०/ जेसी नेपाल सम्वाददाता

जनकपुरधाम : धनुषामा एकाबिहानै भारतीय नम्बर प्लेट भएको कारको ठक्करले एकजनाको मृत्यु भएको छ । बिहान करिब सबा ६ बजेको समयमा भारतीय कारले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी रञ्जन अवाले जानकारी दिएको छ ।

उनले मृत्यु हुनेमा मोटरसाईकल चालक महोत्तरी लोहरपट्टी नगरपालिका ४ का अन्दाजी २५ वर्षीय रामबाबु साह रहेको जानकारी दिनुभएको छ । उनका अनुसार लक्ष्मीनिया गाउँपालिका ६ लक्ष्मीनिया बजार नजिकै भएको उक्त दुर्घटनमा परेको साहको सेन्ट्रल अस्पतालमा उपचारको क्रममा करिब ७ बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

बिहान जनकपुरधाम ढल्केवर सडकखण्डमा ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको डी.एल.१२सी ०९४४ भारतीय नम्बर प्लेटको कारले पछाडिबाट ठक्कर दिँदा साह गम्भीर घाइते भएका थिए । मृतक साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । दुर्घटना लगतै कार चालक फरार भएको र पहिचान भईसकेको उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : चैत्र १३,२०८० १३:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA

धनुषा जिल्ला अदालतबाट आफ्नै श्रीमतिमाथि बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना जेल, १ लाख जरिवाना : JCNEPAL MEDIA

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA