माध्यमिक शिक्षा परिक्षामा रौतहटका २ सय ६१ बिद्यार्थी अनुपस्थीती

चैत्र १७, २०८०/ जेसी नेपाल सम्वाददाता

बिहिबार देखी शुरु भएको माध्यमिक शिक्षा परिक्षामा रौतहटका २ सय ६१ जना बिद्यार्थी अनुपस्थीती भएका छन ।

शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले दिएको जानकारी अनुसार रौतहटबाट परिक्षा दिने ११६ छात्रा र १४५ छात्र गरि जम्मा २६१ परीक्षार्थी अनुपस्थित रहेका छन ।

परीक्षाका लागि ४५०८ छात्रा र ४९६१ छात्र गरि जम्मा ९४६९ परीक्षार्थी फारम भरेकोमा बिहिबार भएको अंग्रेजी विषयमा ४३९२ छात्रा र ४८१६ छात्र गरि जम्मा ९२०८ परीक्षार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका प्रमुख राम बिनय सिंहले जानकारी दिएका छन ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा—१० सानोठिमी, भक्तपुरको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि तथा प्राविधिक ) को पूर्वनिर्धारित समय तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा जिल्लाको ३९वटै परीक्षा केन्द्रहरूमा शान्तिपुर्वक सम्पन्न भएको प्रमुख सिंहले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेसका प्रकाशमान सिंहले पाए कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी JCNEPAL_MEDIA

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

सीके राउतको सम्वन्ध विच्छेदमा उठ्यो चरित्रको प्रश्न : JCNEPAL_MEDIA