रौतहटबाट एसइइ परिक्षामा ९ हजार ४ सय ६९ बिद्यार्थी सहभागीता जनाउदै

चैत्र १७,२०८०/ जेसी नेपाल संवाददाता

चन्द्रपुर : भोली बिहीबार देखी संचालन हुने एसईइ परिक्षामा रौतहटबाट ९ हजार ४ सय ६९ बिद्यार्थी सहभागीता जनाउने भएका छन ।

रौतहटबाट ४ हजार ५ सय ८ जना छात्र र ४ हजार ९ सय ६१ जना छात्रा सहित ९ हजार ४ सय ६९ जना बिद्यार्थीले भोली देखि हुने एसईइ परिक्षामा सहभागिता जनाउने शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख उपसचिब राम बिनय सिंहले जानकारी दिएका छन ।

सो परिक्षामा रौतहटमा रहेका १ सय १४ वटा सामुदायिक तथा निजी बिद्यालयका बिद्यार्थीहरु सहभागि छन भने ३९ वटा परिक्षा केन्द्र तोकिएको प्रमुख सिंहले जानकारी दिए ।

परिक्षामा ३९ जना केन्द्राध्यक्ष,६२ जना सह केन्द्राध्यक्ष,४ सय ७६ जना निरिक्षक,१ सय ८९ जना परिचर र ५ सय ८५ जना सुरक्षाकर्मी परिचालन हुने उनले बताए ।परिक्षामा दृष्ट्रि बिहिन १ जना,जिल्ला कारागारमा रहेका १ जना,इलाका प्रहरी कार्यालय बिजयपुरको हिरासतमा रहेका १ जना परिक्षार्थी समेत रहेको सिंहले जानकारी दिएका छन ।

यसैगरी प्राबिधिक धार तर्फ २ सय ५० जना र ग्रेड बृद्धिमा २६ जना माबि महमदपुर केन्द्रमा परिक्षार्थी सहभागी हुने उनले जानकारी दिएका छन ।

प्रकाशित : चैत्र १७,२०८० ०६:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA

धनुषा जिल्ला अदालतबाट आफ्नै श्रीमतिमाथि बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना जेल, १ लाख जरिवाना : JCNEPAL MEDIA

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA