प्रेमीले गोप्य भिडियो भाइरल गर्दिएपछि युवतीद्वारा आत्महत्या : बैतडी

चैत्र १८,२०८०/ जेसी नेपाल संवाददाता

दार्चुला : बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ पातलीकी १७ वर्षीया पशुपति महरा गत आइतबार बिहान मृत भेटिइन्। पशुपति घरनजिकैको खालीपातल सामुदायिक वनभन्दा केही तल रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्। पशुपति घरमा आमा र भाइसँग बस्थिन्।

बुवा कामको सिलसिलामा भारतमा थिए। छोरीको दुःखद् घटनापछि हाल उनका बुवा घर फर्किसकेका छन्। पशुपतिलाई गुमाउँदा महरा परिवार विक्षिप्त छ। पशुपति कफलकोटस्थित रौलेश्वर माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । डोटीका प्रकाश बलायर नामका एक युवकसँग उनी ‘प्रेम सम्बध’मा थिइन्। यसबारे पशुपतिको परिवारलाई भने जानकारी थिएन।

उनीहरूले एकआपसमा फेसबुकको पासवर्डसमेत साटासाट गरेका थिए। फेसबुक म्यासेन्जरमा उनीहरूबीच कुराकानी भइरहन्थ्यो। मायामा चुर्लम्म डुबेकी पशुपतिलाई ललाईफकाई भिडिओ कलमा नग्न हुन बाध्य पारिन्छ। त्यस्ता भिडिओ र तस्बिर आफन्तले फेला पारेका छन् । पशुपतिका ती गोप्य भिडिओ र तस्बिर फेसबुक म्यासेजर ग्रुपमा पठाइयो। बेइज्जत भएपछि पशुपति आत्महत्याको बाटो रोज्न बाध्य भएको पारिवारिक स्रोत बताउँछ।

‘ऊ सोझी थिई। सम्बन्धका बारेमा घरमा थाहा थिएन। राति फोन गर्ने रहेछ,’ पारिवारिक स्रोत भन्छ, शनिबार बेलुका ६ बजेतिर भिडिओ ग्रुपमा पठाएको रहेछ। त्यसपछि समाजमा बेइज्जती हुन्छ भनेर राति नै अप्रिय निर्णय लिएको देखिन्छ। पशुपतिको कोठामा भेटिएको कापीमा ‘प्रकाश बलायर र उनको पासवर्ड’ लेखिएको पाइएको छ। यस्तै पशुपतिले आत्महत्या गर्नुअघि दुई पाना लामो सन्देश छाडेकी छन्। उनको कोठामा पाइएको उक्त सन्देशमा परिवारका सदस्य र इष्टमित्रलाई सम्झदै क्षमा मागेकी छन्। आत्महत्याको कारण भने खुलाएकी छैनन्। पीडित परिवारले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका गोप्य ‘भिडिओका स्क्रिन सट’लगायत सम्पूर्ण विवरण प्रहरीलाई बुझाएको छ।

घटना घटेको धेरै दिन वितेपनि प्रहरी प्रसाशन मौन रहेको छ । घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कार्वाही गर्न पीडित परिवारले माग गरेका छन् । प्रहरीले भने मृतक किशोरीको मोबाइल र सुसाइड नोट लगायतका सबै कुराहरुमा अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार मोबाइल ल्याब टेस्टका लागि प्रहरी प्रधान कार्यालयमा पठाइएको छ ।

प्रकाशित : चैत्र १८,२०८० ०५:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेश सरकारले मन्त्रालयकाे संख्या घटाउदै ,१२ मन्त्रालयबाट ९ मा झार्ने तयारी : JCNEPALMEDIA

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA

२ किशोरीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा २ युवक पक्राउ : JCNEPALMEDIA