मकवानपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

चैत्र २०,२०८०/ जेसी नेपाल संवाददाता

मकवानपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ८ कायरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय देबराम रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान ८ बजेको समयमा रुम्बा आफ्नै घर अगाडिको बारीमा मकै हेर्न गएका थिए ।

सो क्रममा मकै बारीमा भुईमा लत्रिएको बिजुलीको नाङ्गो तारमा छुन गई अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । इलाका प्रहरी कार्यालय फापरबारीबाट टोली खटी खई घट्नास्थलमा प्रारम्भिक कार्य सम्पन्न गरी मृतक रुम्बाको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याएको जनाइएको छ ।

प्रकाशित : चैत्र २०,२०८० ०६:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA