मकवानपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

चैत्र २०,२०८०/ जेसी नेपाल संवाददाता

मकवानपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ८ कायरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय देबराम रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान ८ बजेको समयमा रुम्बा आफ्नै घर अगाडिको बारीमा मकै हेर्न गएका थिए ।

सो क्रममा मकै बारीमा भुईमा लत्रिएको बिजुलीको नाङ्गो तारमा छुन गई अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । इलाका प्रहरी कार्यालय फापरबारीबाट टोली खटी खई घट्नास्थलमा प्रारम्भिक कार्य सम्पन्न गरी मृतक रुम्बाको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याएको जनाइएको छ ।

प्रकाशित : चैत्र २०,२०८० ०६:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेबाट शुरू हुने : JCNEPAL MEDIA

नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ : राष्ट्रिय योजना आयोग JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA