सिरहामा मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ हतियार देखाएर लुटे

चैत्र २६,२०८०/ जेसी नेपाल संवाददाता

सिरहा : आइएमई मनी ट्रान्सफरका लागि सिरहा बजारबाट विष्णुपुर लगिरहेको रकम एक व्यक्तिबाट हतियारधारी लुटेराले लुटेका छन् ।

स‍. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित विष्णुपुर जाने क्रममा पुरुषोत्तम यादवलाई सिरहा नगरपालिका ८ मा भारतीय मोटरसाइकलमा रहेका दुई लुटेराले हतियार देखाएर रकम लुटेका हुन् । लुटेरा चढेको भारतीय मोटरसाइकलको नम्बर खुलेको छैन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले यादवबाट १५ लाख ५० हजार नगद, मोवाइल र बैंकको खाली चेक लुटेको जानकारी दिए । उनले लुटेरा भारततर्फ भाग्न सक्ने भन्दै सबै नाकामा चेकजाँचमा कडाई गरेको बताए । विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले मनी ट्रान्सफर संचालन गरेका छन् । सोही मनी ट्रान्सफरका लागि पुरुषोत्तमले बैंकबाट झिकेर रकम लग्दै थिए ।

प्रकाशित : चैत्र २६,२०८० ०५:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेसका प्रकाशमान सिंहले पाए कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी JCNEPAL_MEDIA

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

सीके राउतको सम्वन्ध विच्छेदमा उठ्यो चरित्रको प्रश्न : JCNEPAL_MEDIA