सिरहामा मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ हतियार देखाएर लुटे

चैत्र २६,२०८०/ जेसी नेपाल संवाददाता

सिरहा : आइएमई मनी ट्रान्सफरका लागि सिरहा बजारबाट विष्णुपुर लगिरहेको रकम एक व्यक्तिबाट हतियारधारी लुटेराले लुटेका छन् ।

स‍. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित विष्णुपुर जाने क्रममा पुरुषोत्तम यादवलाई सिरहा नगरपालिका ८ मा भारतीय मोटरसाइकलमा रहेका दुई लुटेराले हतियार देखाएर रकम लुटेका हुन् । लुटेरा चढेको भारतीय मोटरसाइकलको नम्बर खुलेको छैन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले यादवबाट १५ लाख ५० हजार नगद, मोवाइल र बैंकको खाली चेक लुटेको जानकारी दिए । उनले लुटेरा भारततर्फ भाग्न सक्ने भन्दै सबै नाकामा चेकजाँचमा कडाई गरेको बताए । विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले मनी ट्रान्सफर संचालन गरेका छन् । सोही मनी ट्रान्सफरका लागि पुरुषोत्तमले बैंकबाट झिकेर रकम लग्दै थिए ।

प्रकाशित : चैत्र २६,२०८० ०५:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA