संसारकै बढी वायु प्रदूषण : काठमाडौं

चैत्र २६,२०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : काठमाडौं विश्वको सबैभन्दा प्रदुषित सहर बनेको छ । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतबार काठमाडौं विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरकोरुपमा मापन भएको हो ।

आईक्युएयरका अनुसार काठमाडाैंकाे वायु प्रदुषण स्तर १९१ एक्युआई यूएस रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार यस्तो सूचक १५० भन्दा माथि जानु स्वास्थ्यका लागि हानीकारक हो ।

यो सूचीको दोस्रो स्थानमा कम्बोडियाको नोम पेन, थाइल्याण्डको चियाङ माइ तेस्राे, भारतकाे दिल्ली चाैथाे, काेलकत्ता पाँचाै र बंगलादेशकाे ढाका छठाैं स्थानमा छन् । केही दिनयता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ ।विभिन्न स्थानका जंगलमा लागेको वन डढेलो र वर्षा नभएका कारण वायुमण्डलमा धुलाका कणहरु जम्मा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्ते भारतको उत्तर प्रदेश लगायतका क्षेत्रमा भइरहेको आगलागीको प्रभाव पनि नेपालको वायुमण्डलमा परेको मौसमविद्हरुले बताएका छन् ।

प्रकाशित : चैत्र २६,२०८० ०५:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA