सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी

चैत्र २७,२०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार बेलुका पौने ५ बजेतिर सशस्त्रका कर्मचारीको बन्दोबस्ती संगठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदाम घरमा आगलागी भएको थियो ।

सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको बलम्बु स्थित घरमा आगो लागेको हो ।आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण समेत जलेका छन् ।

सशस्त्र प्रहरी ले आगलागी के कारणले भयो भन्नेबारे बुझ्ने काम भइरहेको जानकारी दिए । सशस्त्र प्रहरी अनुसार स्टोरमा चाबी लगाएर बाहिरी सुरक्षामा सशस्त्र प्रहरी तैनाथ थिए । सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा भएको आगलागीबारे छानविन गर्न एआइजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआइजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरु समेत सम्मिलित समिति गठन गरेका हुन् । आगलागीबाट ठूलो धनराशीका सामानहरु जलेर नष्ट भएका छन् ।

कति सामान जल्यो भनेर यकिन भइनसकेको सशस्त्रले जनाएको छ । राति ८ बजे सम्म नियन्त्रणकाे प्रयार भइरहेकाे थियो।

प्रकाशित : चैत्र २७,२०८० ०४:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA