नेपाली श्रमिक चैते दशैं मनाउन भारत बाट घर फर्कने क्रम जारी

चैत्र २६, २०८०/जेसी नेपाल मिडिया

धनगढी : श्चिम तराईका थारु समुदायका युवा खेतबारीको काम सकिएपछि पटके कामको खोजीमा सीमावर्ती भारतका पहाडी क्षेत्रमा पुग्थे । उनीहरुको रोजगारीको प्रमुख गन्तव्य उत्तराखण्ड र हिमाञ्चल प्रदेशका पहाडी क्षेत्र थियो । धान रोपाइँ सकेर असार–साउनतिर अधिकांश युवा हिमाञ्चलका पहाडी बगानमा स्याउ टिप्न पुग्थे ।

कोही नजिकै उत्तराखण्डको कुमाउ र गडवाल पुग्ने गरेका थिए । बर्षायाममा भारत पसेकाहरु प्रायः दसैतिहार र माघी मनाउन घर फर्कन्थे भने धानबाली भित्र्याएर कामको खोजीमा गएकाहरु यतिबेला नयाँ वर्ष र चैतै दशैं मनाउन घर फर्किरहेका छन् । हालका वर्षमा कामको खोजीमा भारत पस्ने थारु युवाको रोजाइ हिमाञ्चल र उत्तराखण्डमा मात्र सीमित छैन, उनीहरुको गन्तब्य भारतका दक्षिणी राज्यसम्म बिस्तार भएको छ । उहिलेको जस्तो चाडपर्वका बेला र खेतीपातीकै समयमा घर फर्कने चलन पनि हट्दै गएको छ ।

केहीवर्ष अघिसम्म गाउँका अगुवाहरुले काम खोज्दै जता पुर्‍यायो, त्यतै पुग्ने गरेका उनीहरु अहिले आएर दिल्लीदेखि भारतको पर्यटकीय नगरी गोआसम्म पुग्न थालेका छन् । भारतका ठूला सहरमा पुग्न थालेपछि उनीहरुको रोजगारी पनि परिवर्तन हुन थालेको छ । ‘दिल्लीनजिक नोएडाबाट आएको हुँ, दसैतिहारमा घर आउन पाएन यसपटक नयाँ बर्ष मनाउन फर्के,’ बर्दियाको ठाकुरबाबा नगरपालिका–८ रानीपुरका विकास चौधरीले भने, ‘एक महिनापछि फेरि नोएडा फर्कन्छु । 

महेन्द्रनगरदेखि नेपालगञ्जसम्म सञ्चालन हुने माइक्रो बसको अघिल्लो सिटमा बसेर घर फर्किरहेका उनी घर र नोएडाका साथीहरुलाई फोनमा जवाफ फर्काइरहेका थिए । ‘दिल्ली आनन्द बिहारमा राति ९ बजे बस चढेको बिहान बनवासा हुँदै दिउँसोसम्म बर्दियाको भुरेगाउॅ नजिकैको रानीपुर पुग्छु,’ उनले भने । उनी भारतको राजधानी नयाँदिल्ली छेवैको नोएडास्थित द स्काइ नाइट क्लबमा अढाइ वर्षदेखि काम गरिरहेका छन् ।

जहाँ उनको गाउँ रानीपुर र छिमेकी गाउँका १२ जना काम गरिरहेका छन् । तीन वर्षअघि पहिलो पटकमै कामको खोजीमा भारत पसेका उनले केही दिन दिल्ली र नोएडाका साना होटलमा काम गरे पनि साथीहरुकै सम्पर्कबाट स्काइ नाइट क्लबमा काम गर्ने अवसर पाएका हुन् । ‘तलब राम्रै छ, खाना र बस्ने सुविधासँगै टिप्स र बोनस पनि पाइन्छ,’ विकासले भने, ‘क्लबमा ७० जना कामदार मध्ये १२ नेपाली र अन्य धेरैजसो भारतको नागाल्याण्ड, असम, अरुणाचल प्रदेशतिरका युवायुवती छन् ।

साँझ परेदेखि सुरु हुने क्लबको चहलपहल राति २/३ बजेसम्म भइरहने उनले बताए । उनका अनुसार सिमलातिर स्याउ टिप्ने, प्याकिङ गर्ने र बगानको घाँस काट्ने जस्तो झन्झटिलो काम भन्दा युवाको रोजगारीको रोजाइ ठूला सहरतिर होटल, क्लब, उद्योग व्यवसायमा हुन थालेको छ ।

प्रकाशित : चैत्र २६, २०८० ०:४५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश शर्माको इजलासमा : दुर्गा प्रसाईं JCNEPAL_MEDIA

भारतको महाराष्ट्रमा मोदीको पार्टीले २३३ सिटमा जीते JCNEPAL_MEDIA

दाङमा बाल साहित्य सम्मेलन सम्पन्न JCNEPAL_MEDIA

काठमाडौँमा तीन जना मृत्त भेटिए - JCNEPAL_MEDIA

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी जनकपुर आउदै JCNEPAL_MEDIA

प्रहरी निरीक्षक बिनुकुमारी शाही फरार -JCNEPAL_MEDIA