युएईमा राधिकाको रहस्यमय मृत्यु : छतबाट खसेको अवस्थामा भेटियो शव

२८,२०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा युएई (दुवई) रहेकी अर्घाखाँचीकी राधिका न्यौपानेको रमस्यमय रुपमा मृत्यु भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा रोजगारीका लागि १३ महिना पहिले पुगेकी अर्घाखाँची पाणिनी–५ मैदानकी राधिका घिमिरे आइतबार मृत्त भेटिएकी हुन् ।

राधिकाको मृत्युको घटनालाई उनको माइती पक्षका आफन्तले शंकास्पद भनेका छन् । यद्यपि घटनाको विषयमा अजमानको स्थानीय प्रशासनमार्फत अनुसन्धान भइरहेको छ । छतबाट तल खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो । एनआरएनका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार राधिकाको मृत्युपछि श्रीमान टीकापुर–७ कैलालीका नेत्र न्यौपाने फरार छन् । त्यो दिन दुवै जनाले मदिरा सेवन गरेको पाइएको छ । घटना भएको दिन राधिकाको भाइ पनि सहभागी भएका एनआरएनका उपाध्यक्ष ठकुरीले बताएका छन् । राधिका युएईमा ब्युटिपार्लरको काम गदै आएकी थिइन् भने उनका श्रीमान एजेन्टको काम गर्दै आएका थिए ।

उनीहरू दुवै जनाको युएईमा रेसिडेन्ट कार्ड रहेको थियो । राधिका न्यौपानेको दोस्रो श्रीमती हुन् । राधिकाको शव उनीहरू बस्दै आएको घरबाहिर माथिबाट खसेको र क्षतविक्षत अवस्थामा भएको प्रत्यक्षदर्शीले देखेका थिए । एम्बुलेन्स र प्रहरी आउञ्जेल मृतकका श्रीमान नेत्रप्रसाद सोही स्थानमा तीन पटक आउजाउ गरेको र पछि सम्पर्कविहीन भएको बताइएको छ । स्थानीय प्रशासनले अनुसन्धान जारी रहेको परिवारलाई बताएको युएईमै कार्यरत राधिकाकी कान्छो बुवाकी छोरी सुशीला घिमिरेले बताएकी छन् । शव पोष्टमार्टमका लागि राखिएको छ । घटनास्थलबाट मृतक राधिकाका माइतीतर्फका नाताले भाइ पर्ने थानेश्वर घिमिरेलाई प्रहरीले सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

घटनाबारे सुरुमा थाहा नभएको जनाएका थानेश्वर पनि घटनास्थलबाट भागेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतक राधिका र उनका श्रीमान नेत्रप्रसाद न्यौपानेबीच भनाभन भएको छिमेकीले सुनेको र पछि राधिकाको शव घरको तल छेदविच्छेदको अवस्थामा भेटिएको थियो । नेत्रले मदिरा सेवन गरी राधिकासँग झगडा गरिरहेका थिए । धेरै झगडा हुन लगेपछि आफू बाथरुममा गएर आधा घण्टा बसेको र बाहिर निस्किँदा दिदीलाई नदेखेर खोज्दा दिदीलाई घरको तल भुइँमा देखेको थानेश्वरले बताएका छन् । झगडा हुँदा कुटपिट गरेको र ५ औ तल्लाको बाल्कोनीबाट खसालेको हुन सक्ने परिवारले आशंका गरेका छन् । मृतक राधिकाको परिवारमा बुवा आमा एक दाइ र भाइसहित ९ वर्षकी छोरी छन् ।

राधिका ईद लगत्तै नेपाल फर्किने तयारीमा थिइन् । छोरीको उपचारका लागि बिदामा नेपाल आउने तयारी गरेकी उनी कहिले नफर्किने गरी यूएईमै अस्ताएकी छन् । राधिकाले चार वर्षअघि नेत्रप्रसादसँग दोस्रो विवाह गरेकी हुन् । पहिलो वैवाहिक सम्बन्धमा समस्या आएपछि कानूनीरूपमा अलग भएकी राधिकाको पहिलो वैवाहिक सम्बन्धबाट एउटी ९ वर्षकी छोरी छन् । उनै छोरीको भविष्यका लागि आयआर्जन गर्ने भनेर दुबई आएकी उनी अजमानमा कामका लागि उतै बस्दै आएकी थिइन् । अजमानमा रहेको ‘द वान एण्ड ओन्ली वान मधु ब्युटी लन्ज फ्रिजोन’ कम्पनीमा ब्युटिसियनको रूपमा कार्यरत घिमिरेले केही समय पहिले आफ्नो श्रीमानलाई पनि यूएई बोलाएर काम खोजीदिएर सँगै बस्न सुरू गरेका थिए । मृतक राधिकाले आफ्नै माइती गाउँका नाताले भाइ पर्ने थानेश्वर घिमिरेलाई समेत काम खोजेर केही दिन पहिला यूएई बोलाएकी थिइन् । उनीहरू ३ जना एकै ठाउँ बस्दै आएका थिए । राधिकाले आफूलाई श्रीमानले चिट गरेको कुरा बताउँदै आएकी थिइन् ।

नेत्रले दोस्रो श्रीमतीको रूपमा राधिकालाई भित्र्याएको भनेपछि आफू तेस्रो भएको थाहा पाएपछि आफूलाई किन झूट बोलेको भन्ने विषयमा विवाद भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । सोही विवादले उग्ररूप लिँदा घटना घटेको हुन सक्ने परिवारको आशंका छ । घटनालगत्तै श्रीमान नेत्रप्रसाद सम्पर्कविहीन हुनुले शंका बढेको छ ।

प्रकाशित : चैत्र २८,२०८० ०७:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA