मेयर भरत थापा पदबाट निलम्बित ,अकुत सम्पति आर्जन गरेको कसुरमा : बागमति

चैत्र २८,२०८०/ जेसी नेपाल संवाददाता

भरत ताल बनाएर चर्चा कमाएका सर्लाही बागमति नगरपालिकाका मेयर भरत प्रसाद थापा पदबाट निलम्बित भएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको पद स्वतः निलम्बन भएको हो ।

सार्वजनिक पदमा बसेर स्रोत नखुलेको करोडौं सम्पति आर्जन गरेको भन्दै अख्तियारले थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०७४ असोज ७ गते बागमती नगरपालिकाको पहिलो पटक र दोश्रो पटक समेत निरन्त मेयरमा निर्वाचित भएको २०७९ माघ २९ गतेसम्मको अवधिमा उनले ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ स्रोत नखुलेको सम्पति आर्जन गरेको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार २०७४ असोज ७ गते अघि उनको संगोलको सम्पति ७ करोड ८६ लाख ५० हजार २०१ रुपैयाँ संगोल परिवारको सम्पति रहेकोमा मेयर भए यता उनले १३ करोड २० लाख ५ हजार ३९१ रुपैयाँ खर्च तथा लगानी भएको देखिएको छ । उनले सार्वजनिक पदको दुरुपयोग गरेर ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पति आर्जन गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

त्यसै गरी उनले गैर कानूनी रुपमा आर्जन गरेको सम्पति असुल उपर हुनु पर्ने अख्तियारले माग दावी गरेको छ । मेयर थापाले आर्जन गरेको गैर कानुनी सम्पति उनकी श्रीमती रेश्मी कुमारी घिमिरे थापा, उनका भाई रामकुमार थापा र भाई बुहारी द्वारिका राउतको नाममा समेत देखिएकाले उनीहरुलाई समेत अख्तियारले प्रतिवादी बनाएको छ । थापा नेकपा माओवादी केन्द्रबाट दोश्रो पटक मेयरमा निर्वाचित छन् ।भ्रष्टाचार मुद्दा दायरसंगै उनी पदबाट निलम्बित भएका छन् ।

प्रकाशित : चैत्र २८,२०८० ०८:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेसका प्रकाशमान सिंहले पाए कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी JCNEPAL_MEDIA

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

सीके राउतको सम्वन्ध विच्छेदमा उठ्यो चरित्रको प्रश्न : JCNEPAL_MEDIA