आज देशभर रामनवमी मनाउँदै

बैशाख ५,२०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम :  आज देशभर रामनवमी मनाइ रहेका छन । मर्यादा पुरुषोत्तम भगवान रामको जन्मदिनको स्मरणमा आज जनकपुरधामसहित देशभर रामनवमी मनाइँदै छ ।

चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायत मन्दिरमा पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको भीडभाड छ । रामनवमीको अवसरमा जानकी मन्दिरले दिउँसो जन्मआरती बधाई गान र रातिमा समेत बधाई गान हुने सह महन्त रामरोशन दासले बताए ।

त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भग्वान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । आजको दिन रामको स्मृतिमा हिन्दुधर्मावलम्बीहरुले पवित्र नदी, ताल तथा कुण्डहरुमा स्नान ध्यान एवं ब्रत बस्ने गर्दछन् । भगवान विष्णु सातौं अवतारको रुपमा अयोध्याका राजा दशरथको जेष्ठ पुत्रको रुपमा जन्म लिएका रामको विवाह मिथिलाका राजा जनककी सुपुत्री सीतासँग भएको थियो ।

संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश तथा आफ्नो पिता दशरथको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएको रामायणमा उल्लेख छ । रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धामिर्क ग्रन्थहरुमा उल्लेख छ ।

 

रामनवमीको अवसरमा मधेश प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । रामनवमीको बिदा मधेश सरकारले क्यालेन्डरमा छुट्याएको थियो ।

प्रकाशित : बैशाख ५,२०८० १६:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA