पिंक क्रिएशन अन्तर्गत दौड प्रतियोगिता सम्पन्न

बैशाख ८,२०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाल प्रहरी श्रीमती संघको सहकार्य तथा लेजर पोर्ट नेपालको आयोजनामा पिंक क्रिएशन अन्तर्गत वाक र दौड प्रतियोगिता कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त प्रतियोगिताको उप-प्रमुख डंगोलले झन्डा उठाएर शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले प्रतियोगिता मानसिक र शरीरिक स्वास्थ्यको लागि अत्यन्तै उपयोगी रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवर लगायत संघका पदाधिकारीहरू एवम् लेजर पोर्ट नेपालका पदाधिकारीहरूले दौड प्रतियोगिताका विजयीहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

उक्त दौड प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतमा कार्यरत महिला प्रहरी कर्मचारी र विभिन्न संघसंस्थाका महिला प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

प्रतियोगितामा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटर दूरीको दौड भएको थियो ।

प्रकाशित : बैशाख ८,२०८० १४:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA

धनुषा जिल्ला अदालतबाट आफ्नै श्रीमतिमाथि बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना जेल, १ लाख जरिवाना : JCNEPAL MEDIA

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA