पिंक क्रिएशन अन्तर्गत दौड प्रतियोगिता सम्पन्न

बैशाख ८,२०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाल प्रहरी श्रीमती संघको सहकार्य तथा लेजर पोर्ट नेपालको आयोजनामा पिंक क्रिएशन अन्तर्गत वाक र दौड प्रतियोगिता कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त प्रतियोगिताको उप-प्रमुख डंगोलले झन्डा उठाएर शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले प्रतियोगिता मानसिक र शरीरिक स्वास्थ्यको लागि अत्यन्तै उपयोगी रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवर लगायत संघका पदाधिकारीहरू एवम् लेजर पोर्ट नेपालका पदाधिकारीहरूले दौड प्रतियोगिताका विजयीहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

उक्त दौड प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतमा कार्यरत महिला प्रहरी कर्मचारी र विभिन्न संघसंस्थाका महिला प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

प्रतियोगितामा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटर दूरीको दौड भएको थियो ।

प्रकाशित : बैशाख ८,२०८० १४:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA