रामानन्दचाेककाे एक होटेलमा महिला र पुरूष मृत भेटिए

बैशाख ११,२०८० / जेसी नेपाल संवाददाता

धनुषा : रामानन्दचाेककाे एक होटेलमा महिला र पुरूष मृत भेटिएका छन । जनकपुरको रामानन्दचोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुण्डिएको अवस्थामा भेटिएका हुन् । मंगलबार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबैजनाको शव झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

कोठाभित्र महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा वयस्कहरु झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ । उनीहरु चार दिनदेखि त्यस होटेलमा बसेका थिए । पुरूषको चार र महिलाको १ सन्तान छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : बैशाख ११,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA