मटिहानीकाे जरलहवा गाछीमा भीषण आगलागी हुँदा अहिलेसम्म १०० घर जलेर नष्ट

बैशाख १२,२०८० / जेसी नेपाल संवाददाता

महोत्तरी : महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा गाछीमा भीषण आगलागी हुँदा अहिलेसम्म १०० घर जलेर नष्ट भएको छ ।

दिउँसो एक्कासी आगो सक्किँदा बस्ती नै सखाप भएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले थाहाखबर जानकारी दिनुभएको छ ।

बस्तीमा हावाहुरी ठूलो आएको र त्यहाँ रहेको परालको कुन्यूले आगलागी बढाएको गेलालले बताए । उनले भने, ’परालको कुन्यूमा आगो सल्किएपछि चर्को हावा आउँदा, त्यसले घरहरुलाई भेट्यो ।

अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र मटिहानी नगरपालिकाले प्रयास गरिरहेको छ । १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ। दिउँसो १ बजेबाट आगो सल्किएको बताइएको छ । कारण भने खुलेको छैन ।

प्रकाशित : बैशाख १२,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA

धनुषा जिल्ला अदालतबाट आफ्नै श्रीमतिमाथि बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना जेल, १ लाख जरिवाना : JCNEPAL MEDIA

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA