कारागारमा रहेका पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय : जिल्ला अदालत राैतहट

बैशाख १४,२०८० / जेसी नेपाल संवाददाता

रौतहट :  कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाइएको छ ।

न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिनुभएको छ । पहिलो संविधानसभा निर्वाचनमा बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए ।

सो मुद्दामा उनलाई प्रहरीले ०७६ असोजमा पक्राउ गरेको थियो । मो. अफताब आलमका भाई मोहम्मद मोहताब आलम, सेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाइएको स्रेस्तेदार ढोडारीले जानकारी दिए । सहनी ईटा भट्टाका मुनसी थिए ।

यस्तै, आरोपी मुक्ति शाहले सफाइ पाएका छन् । शाह पनि ईटाभट्टामै कार्यरत थिए । आरोपी ६ जनाको हकमा फैसला सुनाइएन । स्रेस्तेदार ढोडारीले ६ जना फरार रहेकाले मुद्दा मलतबीमा राखिएको बताए । ४ जनालाई जन्मकैद, एकजना सफाई, ६ जना मुलतवीमा राखिएको उनले बताए ।

प्रकाशित : बैशाख १४,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA

धनुषा जिल्ला अदालतबाट आफ्नै श्रीमतिमाथि बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना जेल, १ लाख जरिवाना : JCNEPAL MEDIA

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA