धर्मलाई चुनावी मुद्दा बनाए भाजपा : भारत

बैशाख १४,२०८० / जेसी नेपाल संवाददाता

नयाँ दिल्ली : धर्मलाई नै अन्तमा चुनावी मुद्दा भजपाले बनाएका छन । भारत भ्रष्टाचारको बिरोध, विकासका लक्ष्य र भारत विश्वशक्ति बन्दै गरेको विषयलाई जोड दिएर सन् २०२४ को लोकसभा चुनावको प्रचार थालेका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो चरणको चुनाव सकिएलगत्तै फेरि ‘हिन्दुत्व’ लाई नै प्रमुख मुद्दा बनाएका छन् ।

भारतीय जनता पार्टी र यसको मातृसंगठन राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) ले बोक्दै आएको मुल मुद्दा नै ‘हिन्दुत्व’ हो । लगातार तेस्रो पटक चुनाव जित्न विपक्षीमाथि भ्रष्टाचार, वंशवादको आरोप तथा विकसित भारत वा विश्व शक्तिको सपनालाई जोडतोडका साथ उठाउँदै आएको भाजपाले पछिल्लो समय प्रचारको रणनीति बदल्दै पुनः हिन्दु धर्म, राम मन्दिरको विषय, मुस्लिममाथि प्रहार र समग्रमा हिन्दुत्वको विषयलाई नै प्रमुख चुनावी अस्त्र बनाएको छ । अयोध्यामा ‘टेन्ट’ मा रहेका रामलाई महल (मन्दिर) मा सारेको, राम मन्दिरको प्राणप्रतिष्ठाको निम्तो अस्वीकार गरेर कांग्रेसले पाप गरेको जस्ता विषय मोदीको भाषणको प्राथमिकतामा पर्दै आएका छन् ।

विपक्षी कांग्रेस पार्टीले भाजपाले तेस्रो पटक जितेको खण्डमा लोकतन्त्र नै संकटमा पर्ने भनिरहँदा मोदीले कांग्रेसको सरकार बनेको खण्डमा हनुमान चालिसा सुन्नु पनि अपराध हुने भन्दै हिन्दु मतदातालाई भाजपातर्फ आकर्षित गर्ने प्रयास थालेका छन् । मंगलबार जयपुरमा चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसको सरकार रहेको कर्नाटकमा हनुमान चालिसा बजाइरहेका एक पसलेलाई केही अगाडि मरणासन्न हुने गरी पिटिएको उदाहरण दिए । कांग्रेसले पिछडा वर्गको आरक्षणलाई घटाएर मुसलमानलाई दिन खोजेको उनको भनाइ छ । गत आइतबार राजस्थानको बांसवाडामा चुनावी सभालाई सम्बोधन गर्दै मोदीले कांग्रेस सत्तामा आएको खण्डमा सबैको सम्पत्ति मुसलमानलाई बाँडिदिने भनेका छन् ।

महिला आमा र दिदी बहिनीको मंगलसूत्र पनि खोसेर कांग्रेसले मुसलमानलाई दिने साम्प्रादायिक द्वेषपूर्ण भाषण मोदीले दिएका छन् । उनले मुसलमान समुदायलाई घुसपैठियासम्म भने । पूर्वप्रधानमन्त्री मनमोहन सिंहले विकासको अवसर सबैले पाउनुपर्ने र त्यसको पहिलो हकदार मुसलमान रहेको भनेको सुनाउँदै मोदीले भनेका छन्, ‘के तपाईंको परिश्रमको कमाइ घुसपैठियाले पाउनुपर्ने हो ?’ सबैको सम्पत्तिको विवरण लिएर त्यसलाई बाँड्ने कांग्रेसले रणनीति लिएको मोदीको आरोप छ ।

काँग्रेस नजर आम मानिसको आम्दानीमाथि रहेको र कानुन बदलेर आमा–दिदी–बहिनीको सम्पत्ति पनि खोस्नेसम्म पुगेको मोदीले बताएको छन् । ‘उनीहरुले आमा र दिदी बहिनीले राख्ने गरगहनाको पनि हिसाब लिनेछन् । मंगलसूत्र पनि खोस्नेछन् । र, त्यसलाई सबैमा बाँड्नेछन्,’ मोदीले भनेका छन्, ‘त्यो उनीहरुलाई बाँडिनेछ, जुन मनमोहन सिंहले भनेका थिए— सम्पत्तिमाथि पहिलो अधिकार मुसलमानको हुनेछ, उनैमा जानेछ । तिनले तपाईंको मंगलसूत्र पनि बच्न दिनेछैनन् ।’ भाजपा नेता तथा गृहमन्त्री अमित शाहले पनि मोदीको अभिव्यक्तिलाई दोहोर्‍याएका छन् । उनले त, मठ मन्दिरको सम्पत्ति पनि कांग्रेसले नछाड्ने चेताएका छन् ।

कांग्रेसले आफ्नो घोषणापत्रमा जातिगत जनगणना र जनसंख्याअनुसारको अवसरको विषय उल्लेख गरेको छ । भाजपाले ‘हिन्दु–मुस्लिम’ गरेर हिन्दु मतदातालाई आफूतर्फ तान्ने निरन्तर गर्दै आएको प्रयासलाई कांग्रेसले जातिगत जनगणना र त्यसअनुसारको अवसरको नारा दिएर ‘काउन्टर’ दिएको छ । त्यसैलाई लिएर प्रधानमन्त्री मोदी र सिंगो भाजपा कांग्रेसमाथि खनिएको मात्रै छैन, कांग्रेसको घोषणापत्रले हिन्दुको सम्पत्ति खोसिएर मुसलमानमा पुग्ने व्याख्यासमेत गरेको छ । मोदी, शाह, पार्टी अध्यक्ष जेपी नड्डादेखि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत पार्टीका मुख्य प्रचारकले हिन्दु मतदातालाई भावनात्मक रूपमा भाजपाको पक्षमा ध्रुवीकृत गर्ने भाषणमा जोड दिन थालेका छन् ।

प्रकाशित : बैशाख १४,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

सीके राउतको सम्वन्ध विच्छेदमा उठ्यो चरित्रको प्रश्न : JCNEPAL_MEDIA

धनुषा जिल्ला प्रहरी प्रमुख द्वारा डीजे बजाउने व्यवसायीहरूलाई समयकाे पाबन्दी JCNEPAL_MEDIA