पाैडेशवरमा सडक अवरुद्ध गर्दा स्थानीय र प्रहरी बिच झडप ,नाै राउण्ड अश्रुग्यास

बैशाख १४,२०८० / जेसी नेपाल संवाददाता

जनकपुर धाम : धनुषाको औरही गाउँ पालिकाकाे वाडा नं. १ पाैडेशवरमा सडक अबरुद्ध गर्दा विहिवार स्थानीय र प्रहरी बिच झठप भएको छ । उक्त झडपमा भिडलाई चितिर- वितिर गर्न प्रहरीले नाै राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

स्थानीयहरूले प्रहरी विरूध प्रदर्शन गरेपछि झडप भएको हाे । स्थानीय र प्रहरी बीच झडपमा तिनजना प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जनाएका छन । तनावग्रस्त स्थितिलाई नियन्त्रण गर्न नाै राउण्ड अश्रुग्यासकाे गाेला प्रहार गरेको उनले बताए ।

प्रवक्ता अवाले सात राउण्ड सशस्त्र प्रहरी र दुई राउण्ड नेपाल प्रहरीले अश्रुग्यास चलाएको पुष्टि गरे । पाैडेशवर बाट गत ४ गते दुई जना नावालक किशोरीलाई अपहरण गरेकोले हाल सम्म प्रहरीले केटा पक्षकाे चार जना माथि अभ्र मुद्दा लगाएर थुनेकाे छ । तर नावालिक किशोरी चाहि खाेजतलास हुदाँ पनि हाल सम्म नभेटेकाले स्थानीयहरू वाध्य भएर सडकमा आएकाे एक जना स्थानीयलेे भनेका थिए ।

समाजमा सद्भाव कायम गर्ने सबै पक्षकाे जिम्मेवारी भएकाले यस किशोरीलाई खाेजेर किशोरी पक्षकाे लाई जिम्मा लगाएर यस घटनालाई अन्तगरी समाज सदैब सद्भाव कायम राख्ने वातावरण वनाेस भन्ने हाम्रो चाहना रहेको उनलेे थपे । दुई परिवारका दुई नाबालिकालाई अपहरित भएको भन्दै पीडितहरूले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएको थियोे । नावालिक किशोरीको परिवारहरूले अपहरण , शरीर बन्धक लगायतका अभियाेगमा मुद्दा दर्ता गरी कारवाहि प्रक्रिया अगाडि बढाउन माँग गरिरहेका छन ।

तर, जिल्ला प्रहरी कार्यालय धनुषाले हाल सम्म मुद्दा समेत दर्ता नगरेको स्थानीयहरूकाे भनाइ छ । घटना भएदेखि नै औरहीको पाैडेशवर र हँसपुर नगरपालिकाकाे नरहिया बीच तनाव उत्पन्न भएको छ । प्रवक्ता अवाले बिहीबार फेरी केटी पक्षका ३ जना र केटा पक्षका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। अहिले सो ठाउँमा भने अवस्था सामान्य रहेको उनले बताए।

प्रकाशित : बैशाख १४,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA