धनुषा प्रहरी द्वारा १५९ किलो लागू औषध गाँजा बरामद

बैशाख १८,२०८०/ जेसी नेपाल संवाददाता

धनुषा प्रहरी द्वारा १५९ किलो लागू औषध गाँजा बरामद भएका छन ।

आज मिति २०८१।०१।१८ गते अं. ०९:१५ बजेको समयमा जिल्ला धनुषा मुखियापट्टी मुसहर्नीया गाउँपालिका वडा नं. ६ बैरीया स्थित उक्त ठाउँमा बस्ने अं. वर्ष ३० को छोटे यादवको गोठमा लागू औषध (गाँजा) लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बाट र मातहत प्रहरी चौकी बहेडाबेलाबाट खटि गएको संयुक्त प्रहरी टोलिले गोठ भित्र चेकजाँच गर्दा लागु औषध गाँजा १५९ किलो फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको र निज छोटे यादव विगत ५ (पाँच) वर्ष देखि भारतमा बस्दै आएको भनी बुझिएको, उक्त घटना सम्बन्धमा अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : बैशाख १८,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA