सप्तरीमा २ सयभन्दा बढी घर जलेर नष्ट

बैशाख १४,२०८० / जेसी नेपाल संवाददाता

सप्तरी : सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । महादेवा गाउँपालिका–१ चिम्टीमा मंगलबार दिउँसो २ बजे आगलागीमा परी २ सयभन्दा बढी घर जलेर नष्ट हुँंदा करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

तिब्र गतिमा आएको हुरीपश्चात स्थानीय शत्रुधन यादवको घरबाट आगलागी सुरु भएको बताइएको छ । दलित र मुस्लिम समुदायको घना बसोबास रहेको बस्तीमा एक्कासी आगलागी हुँदा २ सय जति घर जलेर नष्ट भएको स्थानीयले जनाएका छन् । हनुमाननगर कंकालिनी, राजविराज, शम्भुनाथ नगरपालिकाबाट गएको बारूण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको छ । आगलागीमा १ करोडभन्दा बढीको क्षती भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA