दुई जना मानिस र ट्रक दुई सय सोह्र किलो लागू औषध गाँजा सहित प्रहरीको नियन्त्रणमा

बैशाख १९,२०८० / जेसी नेपाल संवाददाता

बारा प्रहरीले दुई सय १६ किलो लागू औषध गाँजा सहित दुई जना मानिस र ट्रकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराले मंगलवार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । विशेष सूचनाको आधारमा सोमबार राती ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुर बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले लागू औषध गाँजा सहित दुई जना मानिस र ट्रकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले बाराको निजगढ नगरपालिका वडा .१० लालपार्क स्थित रतनपुरबाट निजगढ तर्फ जादै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा ट्रक भित्र लुकाई छिपाई राखेको लागू औषध गाँजा बरामद गरेको हो ।

पक्राउ पर्नेमा ट्रकको चालक मकवानपुरको हाँडीखोला–६ परिवर्तित मनहरी गाउँपालिका वार्ड नम्बर ३ वतन भई हाल बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ बस्ने अन्दाजी ३२ वर्षीय आकाश भन्ने दिपक कोईराला र ट्रकमा सवार जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका १३ पदम पोखरी बस्ने ३० वर्षीय जिबन घलान रहेको प्रहरीले जनाएको छ ।

लागू औषध गाँजा बरामद गरी दुबै जना सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको छ । यस सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट १० दिन म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । प्रहरीले त्रि–वर्षीय विवरणमा आर्थिक वर्ष २०७८÷७९ मा चोरी निकासी ÷ पैठारीमा २ करोड ४३ लाख ८९ हजार २ सय ६२ रुपैयाको भन्सार बुझाएको छ भने ११ जना मानिसलाई पक्राउ गरेको थियोे । प्रहरीले त्रि वर्षीय विवरण सार्वजनिक गरेको छ ।

त्यसैगरी प्रहरीले ०८०÷०८१ मा अहिले हालसम्म ४८ करोड ४१ लाख ५४ हजार ८ सय ५७ रुपैयाँ बराबरको समान भन्सार कार्यालयमा बुझाएको छ । यस अवधिमा २० जना मानिसहरुलाई पक्राउ गरेको छ । यस्तै प्रहरीले ०७९÷८० मा १२ करोड ६१ लाख २३ हजार ९ सय ८९ रुपैयाँ बराबरको भन्सार बुझाएको छ भने १६ जना मानिसलाई पक्राउ गरेको थियोे । प्रहरीले आर्थिक वर्ष ०८०÷०८१ मा हालसम्म १ हजार २ सय ८ किलो ७३ ग्राम आगु औषध बरामद गरेको छ । ४२ वटा मुद्दा दर्ता र ५८ जना मानिसहरुलाई पक्राउ गरिएको छ ।

त्यस्तै स्रोत नखुलेको ३८ लाख ९ हजार रुपैयाँ बरामद गरिएको छ भने चार वटा हुण्डी कारोबार सम्बन्धी मुद्दा दर्ता भएको छ । हालसम्म हुण्डी कारोबारमा नेपाली ५ जना र भारतीय ३ जना पुरुष पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिंहदरबारभित्र प्रदर्शन गरेपछि लिङ्देन र शाही प्रहरी नियन्त्रणमा : JCNEPAL MEDIA

निर्मल निवासमा पूर्वराजासँग राप्रपा नेताहरूको `शुक्रबारे कचहरी´ : JCNEPAL MEDIA

राप्रपा प्रदर्शनमा घुसपैठ हुने डरले शिक्षकहरु बिहानै गरे आन्दोलन : JCNEPAL MEDIA

एक भारतीय विद्यार्थीको गोली हानी हत्या : क्यानडा JCNEPAL MEDIA

स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभावले केही क्षेत्रमा वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखाका JCNEPAL MEDIA

२५ करोड प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर, काठमाडौं जिल्ला अदालतमा JCNEPAL MEDIA