बाराउद्योरणमा  आगलागीबाट ७५ घर जले : सर्लाही

बैशाख २१ ,२०८०/ जेसी नेपाल सम्वाददाता

सर्लाहीको विष्णु गाउँपालिका– १, स्थित बाराउद्योरण गाउँमा आगलागी हुँदा ७५ वटा घर जलेका छन्। स्थानीय शत्रुघन राउतको घरमा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा टोलमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालस सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार फुसको घरबाट सल्किएको आगो एकपछि अर्को घर हुँदै सिंगो गाउँमै फैलिएको थियो।

आगोमा झुल्सिएका कयौँ घरहरूमा पनि लगातार ग्यास सिलिन्डर बिस्फोट भएको थियो। आगलागीमा परेका घरहरुमा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, कागजात, पैसा लगायतका सामग्री नष्ट भएको छ। ती घरहरुमा भएको क्षतिको विवरण अहिले संकलन भइरहको डिएसपी श्रेष्ठले बताए। समयमा आगो निभाउन दमकल नपुगेका कारण बढी क्षति भएको प्रहरीले जनाएको छ।

आगलागी भएको विष्णु गाउँपालिकामा दमकल छैन। हरिवन र मलंगवा नगरपालिकामा मात्रै दमकल छन्। मलंगवा नगरपालिकाले दमकल बिग्रेको बताएको र हरिवनका दमकल अर्को ठाउँमा लागेको आगो निभाउन गएकाले ढिलो दमक पुगेको डिएसपी श्रेष्ठले बताए।

हरिवन नगरपाकिलाको दमकल बिहीबारै लालबन्दी नगरपालिका– १७, रानीगन्जमा लागेको आगो निभाउन गएका थिए। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट आगलागी भएको करिब चार घण्टापछि मात्रै दमकल पुगेको थियो। ‘भारतबाट पनि दमलक बोलाएका थियौं तर उतापनि आगलागी भएपछि उनीहरु बाटोबाटै फर्के,’ डिएसपी श्रेष्ठले भने।

प्रकाशित : बैशाख २१ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA