बाराउद्योरणमा  आगलागीबाट ७५ घर जले : सर्लाही

बैशाख २१ ,२०८०/ जेसी नेपाल सम्वाददाता

सर्लाहीको विष्णु गाउँपालिका– १, स्थित बाराउद्योरण गाउँमा आगलागी हुँदा ७५ वटा घर जलेका छन्। स्थानीय शत्रुघन राउतको घरमा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा टोलमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालस सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार फुसको घरबाट सल्किएको आगो एकपछि अर्को घर हुँदै सिंगो गाउँमै फैलिएको थियो।

आगोमा झुल्सिएका कयौँ घरहरूमा पनि लगातार ग्यास सिलिन्डर बिस्फोट भएको थियो। आगलागीमा परेका घरहरुमा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, कागजात, पैसा लगायतका सामग्री नष्ट भएको छ। ती घरहरुमा भएको क्षतिको विवरण अहिले संकलन भइरहको डिएसपी श्रेष्ठले बताए। समयमा आगो निभाउन दमकल नपुगेका कारण बढी क्षति भएको प्रहरीले जनाएको छ।

आगलागी भएको विष्णु गाउँपालिकामा दमकल छैन। हरिवन र मलंगवा नगरपालिकामा मात्रै दमकल छन्। मलंगवा नगरपालिकाले दमकल बिग्रेको बताएको र हरिवनका दमकल अर्को ठाउँमा लागेको आगो निभाउन गएकाले ढिलो दमक पुगेको डिएसपी श्रेष्ठले बताए।

हरिवन नगरपाकिलाको दमकल बिहीबारै लालबन्दी नगरपालिका– १७, रानीगन्जमा लागेको आगो निभाउन गएका थिए। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट आगलागी भएको करिब चार घण्टापछि मात्रै दमकल पुगेको थियो। ‘भारतबाट पनि दमलक बोलाएका थियौं तर उतापनि आगलागी भएपछि उनीहरु बाटोबाटै फर्के,’ डिएसपी श्रेष्ठले भने।

प्रकाशित : बैशाख २१ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA