प्रहरीद्वारा सात वटा टिपर नियन्त्रणमा : सर्लाही

बैशाख २१ ,२०८० / जेसी नेपाल संवाददाता

सर्लाही : अबैधरुपमा खोलाबाट बालुवा र गिट्टी उत्खनन गरेर लोडिंग गरिरहेको अवस्थामा सर्लाही प्रहरीले सात वटा टिपर नियन्त्रणमा लिएको छ।

लालबन्दी नगरपालिका १७ स्थित कालिञ्जोर खोलाबाट अबैधरुपमा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले सात वटा टिपर नियन्त्रणमा लिएको हो ।

कालिञ्जोर खोलाबाट अवैधरूपमा उत्खनन गरिरहेको अवस्थामा बिहीबार साँझ उक्त टिपर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

नियन्त्रणमा लिइएका टिपरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति मलंगवामा पत्राचार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : बैशाख २१ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA