झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण

बैशाख २१,२०८०/ जेसी नेपाल मिडिया

झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ । आक्रमणमा परेर १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए ।

उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ । अधिकारी दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।अधिकारीको पेटमा गोलीको छर्रा जस्ता वस्तु लागेको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार उनको शरीरका दुई ठाउँमा चोट देखिएको र प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी गोली लागेको करिब निष्कर्षमा पुगेको छ । उनले भने, आक्रमणकारीको पहिचान भइसकेको छ, नाका सिल गरेर खोजी जारी छ ।

उनको अवस्था सामान्य रहेको र पेटमा डढेको, दबेको, ददारिएको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ । अधिकारीको कपडामा गोलीजस्तो देखिने वस्तु फेला परेको प्रहरीको भनाइ छ ।

प्रकाशित : बैशाख २१ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA