एकैदिन नियन्त्रणमा लिए ५२ जना लागुऔषध सेवनकर्ता : धनुषा प्रहरी

बैशाख २२,२०८०/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषा प्रहरीले एकैदिन ५२ जना लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय जटहीबाट खटिएको प्रहरीको टोलीले नगराईन नगरपालिका २ स्थित नेपालको सिमावर्ती क्षेत्रबाट लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिएको छ ।

भारतीय बजारमा गई लागुऔषध सेवन गरेर नेपालतर्फ आउने ५२ जनालाई नियन्त्रणमा लिएको उहाँले बताएको छ । धनुषा प्रहरीले सञ्चालन गरेको सिडियार(क्यामपेन फोर ड्रग युजर रिफर्मेसन) अभियान अन्तर्गत उनीहरुलाई नियन्त्रण लिइएको हो । प्रहरीले नेपालको सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको उनीहरुलाई साँझ मनोसामाजिक परामर्शकर्ताद्धारा लागुऔषधबाट पर्ने असरहरुबारे परामर्श दिएर छोडिएको प्रवक्ता अवाले जनाए ।

लागुऔषध छोड्नलाई उत्प्रेरित गर्ने खालको परामर्श दिएर सेवनकर्ताहरुलाई छोडिएको उनले बताए । यो अभियान विभिन्न नाकाहरुमा सरप्राईज हिसाबले निरन्तर चल्नेछ, प्रवक्ता अवाले भने, त्यसका लागि बोर्डरमा रहेको प्रहरी युनिहरुबाटै केही जनशक्तिलाई विशेष रुपमै खटाईएको छ ।

यस अभियान अन्तर्गत लागुऔषध सेवनकर्तालाइ परामर्श दिएरै छोडिएपनि ओसारपोसार गर्ने तथा भण्डार गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएर मुद्धा प्रकृया नै अगाडी बढाउने गरेको प्रवक्ता अवाको भनाई छ ।

प्रकाशित : बैशाख २२ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA