रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्बन्धी कार्य पुनः अगाडि बढ्यो : जनकपुर

बैशाख २३,२०८०/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : अलपत्र रहेको रामजानकी अन्तर्राष्ट्रिय रंगशाला दिनेश पुर्वेकाे अभियानमा र जनकपुर उपमहानगरपालिकाकाे प्रमुख मनाेज साहकाे निरन्तरको दौड़धूप र प्रयासमा रंगशाला निर्माण सम्बन्धी कार्य पुनः अगाडि बढेकाे छ ।

गुठी संस्थानलाई सुक्रवार नै राखेपले पत्र पठाई जग्गा लीजलाइ निरन्तरा दिएको छ । मेयर मनाेज साहले पटक पटक काठमाण्डु पुगेर मानीय खेलकूद मंत्री बिराज भक्त श्रेष्ठ, माननीय गृहमंत्री रबी लामीछाने, माननीय मनीष झा, माननीय रघुवीर महासेठ , माननीय शरद सिंह भण्डारी, माननीय गणेश पराजुली , मानीय विमलेन्द्र निधि संग (फोन संवाद) भेटघाट र संवाद गरे कार्य अगाडि बढाएको छ ।

मधेश प्रदेश सरकारका खेलकूद मन्त्री ,धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष शोभकान्त पाण्डेय लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबैले सहयोग गरेपछि रंगशाला निर्माण कार्य अगाडि बढीको छ । यता मुख्यमन्त्री यादवले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना जनकपुरधाममै हुने लिखित सम्झौता राष्ट्रिय खेलकुद परिषद्‌सँग भइसकेको उनले बताए ।

११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना जनकपुरधाममा गर्नका लागि एक कार्यदलसमेत गठन भएको उनले बताए । खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा मधेसका आठवटै जिल्लाका प्रमुख र पालिकाका प्रतिनिधि सदस्य रहने गरी सो कार्यदल बनाइएको उनले बताए ।

उक्त रंगशाला निर्माणका लागि रंगशाला अभियन्ता दिनेश पुर्वेले २०६७ सालदेखि नै सक्रिय छन् । उनकै पहलमा २०७४ सालमा गुठी संस्थान र राष्ट्रिय खेलकुद परिषद्बीच वार्षिक ९ लाख भाडा दिने गरी लक्ष्मण मन्दिरको १७ बिघा जग्गा ३० वर्षका लागि लिजमा लिने सम्झौता भएको थियो ।  रंगशालामा क्रिकेट, फुटबल, हक्की, भलिबल, स्विमिङसहितका खेलकुद एकैसाथ खेल सक्ने गरी रंगशालाको निर्माणका लागि आफू लागेको अभियन्ता पुर्वेले बताए ।

प्रकाशित : बैशाख २३ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA