रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्बन्धी कार्य पुनः अगाडि बढ्यो : जनकपुर

बैशाख २३,२०८०/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : अलपत्र रहेको रामजानकी अन्तर्राष्ट्रिय रंगशाला दिनेश पुर्वेकाे अभियानमा र जनकपुर उपमहानगरपालिकाकाे प्रमुख मनाेज साहकाे निरन्तरको दौड़धूप र प्रयासमा रंगशाला निर्माण सम्बन्धी कार्य पुनः अगाडि बढेकाे छ ।

गुठी संस्थानलाई सुक्रवार नै राखेपले पत्र पठाई जग्गा लीजलाइ निरन्तरा दिएको छ । मेयर मनाेज साहले पटक पटक काठमाण्डु पुगेर मानीय खेलकूद मंत्री बिराज भक्त श्रेष्ठ, माननीय गृहमंत्री रबी लामीछाने, माननीय मनीष झा, माननीय रघुवीर महासेठ , माननीय शरद सिंह भण्डारी, माननीय गणेश पराजुली , मानीय विमलेन्द्र निधि संग (फोन संवाद) भेटघाट र संवाद गरे कार्य अगाडि बढाएको छ ।

मधेश प्रदेश सरकारका खेलकूद मन्त्री ,धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष शोभकान्त पाण्डेय लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबैले सहयोग गरेपछि रंगशाला निर्माण कार्य अगाडि बढीको छ । यता मुख्यमन्त्री यादवले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना जनकपुरधाममै हुने लिखित सम्झौता राष्ट्रिय खेलकुद परिषद्‌सँग भइसकेको उनले बताए ।

११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना जनकपुरधाममा गर्नका लागि एक कार्यदलसमेत गठन भएको उनले बताए । खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा मधेसका आठवटै जिल्लाका प्रमुख र पालिकाका प्रतिनिधि सदस्य रहने गरी सो कार्यदल बनाइएको उनले बताए ।

उक्त रंगशाला निर्माणका लागि रंगशाला अभियन्ता दिनेश पुर्वेले २०६७ सालदेखि नै सक्रिय छन् । उनकै पहलमा २०७४ सालमा गुठी संस्थान र राष्ट्रिय खेलकुद परिषद्बीच वार्षिक ९ लाख भाडा दिने गरी लक्ष्मण मन्दिरको १७ बिघा जग्गा ३० वर्षका लागि लिजमा लिने सम्झौता भएको थियो ।  रंगशालामा क्रिकेट, फुटबल, हक्की, भलिबल, स्विमिङसहितका खेलकुद एकैसाथ खेल सक्ने गरी रंगशालाको निर्माणका लागि आफू लागेको अभियन्ता पुर्वेले बताए ।

प्रकाशित : बैशाख २३ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA

धनुषा जिल्ला अदालतबाट आफ्नै श्रीमतिमाथि बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना जेल, १ लाख जरिवाना : JCNEPAL MEDIA

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA

मधेस प्रदेश सरकारले नातेदारलाई प्रवर्द्धन बोर्डको अध्यक्षमा गरे नियुक्त : JCNEPAL MEDIA