ग्वार्कोमाआगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते : ललितपुर

बैशाख २३,२०८० / जेसी नेपाल संवाददाता

शिवकुमार

काठमाडौं : ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् । मोबिल सङ्कलन गरी राखिएको एक टहरामा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएको प्रहरीले जनाइएको छ ।

आगलागीबाट रौतहट जिल्ला घर भई हाल ग्वार्को बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते भएका छन् । घाइतेहरूको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मोविलमा आगो सल्कँदा पुरै टहरामा आगलागी भएको अनुमान गरिएको छ । आगलागीका कारण टहरा पूर्णरुपमा जलेको छ ।

प्रकाशित : बैशाख २३,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA