५० केजी गाँजासहित भारतीय नागरिक पक्राउ

बैशाख २४,२०८०/ जेसी नेपाल संवाददाता

महोत्तरी ५के: जी गाँजा सहित महोत्तरी प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतीय नम्बर प्लेट ४३ एवी ५६६  नम्बरको सेतो रङ्गको कारको पछाडी डिकीमा लुकाएर जलेश्वरतर्फ जादै गरेका सितामढी ग्राम पुनौरा टोल वडा नम्बर ३ का सैयद अंसारीलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चालक तीव्र गतिमा जलेश्वरतर्फ भाग्न खोजेपछि प्रहरीले उन्लाई झन्डै २० किलोमिटरसम्म पछ्याएको थियो। इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएका प्रहरी टोलिले चेकजाँच गर्दा उक्त कारको पछाडिको डिक्कीमा २ पोका र चालक बस्ने सिटको पछाडी फ्लस बटन बनाई ८ पोका गरी जम्मा १० पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी संतुलाल प्रसाद जैसवारले जानकारी दिए। पोकाहरू तौल गर्दा प्रत्येक पोकामा ५ किलोको दरले जम्मा ५० किलोग्राम गाँजा भेटिएको जैसवारको भनाइ छ।

प्रहरीले उक्त कार बरामद गरेको छ भने अंसारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। केही दिन अगाडी पनि मटिहानीबाट जनकपुरतर्फ जानेक्रमा लागूऔषधसहित एक जना भारतीय नागरिक नै पक्राउ परेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA

धनुषा जिल्ला अदालतबाट आफ्नै श्रीमतिमाथि बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना जेल, १ लाख जरिवाना : JCNEPAL MEDIA

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA

मधेस प्रदेश सरकारले नातेदारलाई प्रवर्द्धन बोर्डको अध्यक्षमा गरे नियुक्त : JCNEPAL MEDIA