हत्यामा आरोपित सशस्त्र प्रहरी जवान भरतराम परे पक्राउ

बैशाख २७,२०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : घाँटी रेते र बीभत्स हत्या गरिएकी बैतडीकी माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई आइतबार महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ । पूर्वम्यादी प्रहरीसमेत रहेकी २१ वर्षीया मायाको हत्या आरोपमा शिवनाथ गाउँपालिका-४ का कोलीलाई पक्राउ गरिएको हो । पक्राउसँगै उनलाई अनुसन्धानका लागि बैतडी प्रहरीलाई बुझाइने भएको छ ।

कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत छन् । माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत रहेका थिए । माया म्यादी प्रहरी पनि थिइन् । घरबाट लुगा सिलाउन भनेर निस्किएकी माया कहिल्यै नफर्किने गरी अस्ताएकी छन् । घाइते नेहाको अहिले उपचार भइरहेको छ । स्थानीयले घटनामा शिवनाथ गाउँपालिका–६ सोलपालाका एक शसस्त्र प्रहरीमाथि आशंका गरेका थिए। ती शसस्त्र प्रहरीका जवान बिदामा घर आएका थिए ।

केही दिनअघि कुलाउमा उनले मायाको मोबाइल खोसेका थिए । घरमा सोधीखोजी गर्दा मायाले मोबाइल ‘साथी’ले लगेको बताएकी थिइन् । ती शसस्त्र प्रहरीका जवान अहिले फरार हुँदा उनीप्रति शंका बढेको स्थानीय बताउँछन् । ‘शसस्त्र प्रहरीका जवानले केही दिन अगाडि मोबाइल खोसेको र उनी फरार रहेकाले आशंका बढेर गएको थियो ।

 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले घटनास्थलको काम सकेर शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको बताए । अहिले आरोपित शिवनाथ गाउँपालिका-४ का कोलीलाई पक्राउ गरिएको छ ।

प्रकाशित: बैशाख २७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA