नेपालगन्ज नाकामा अबैध काराेवार गर्ने कुख्यात तस्कर \" भाैकी\" प्रहरी नियन्त्रणमा

बैशाख २३,२०८०/ जेसी नेपाल संवाददाता

नेलगन्ज २५ वैशाखः नेपालगन्ज नाकामा अबैध कारोबार गर्ने ‘कुख्यात तस्कर’ भौकी भनिने अमिर अहमद जोलाहालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । केहीदिन अघि नेपालगन्जको जैसपुरमा रहेको जोलाहाको गोदाममा बाँके प्रहरीले छापा मारेर लाखौं मूल्य बराबरको अबैध सामान बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार उक्त सामानलाई प्रहरीले आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको थियो । छापा मार्न प्रहरीलाई सूचना दिएको आरोप लगाउँदै तस्कर भौकी भनिने अमिर अहमदले मंगलबार राती स्थानीय मोहम्मद इरफान जोलाहालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।

सोही आरोपमा पक्राउ गरी उनीमाथी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको डिएसपी डाँगीले जानकारी दिए । पीडित इरफानले दिएको जाहेरीका आधारमा पक्राउ गरेर कारबाही प्रक्रिया अगाडी बढाइएको उनले बताए । पीडितले आफुलाई बन्धक बनाएर कुटपिट गरेको आरोप लगाएका छन् । उजुरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय परिसरमै प्रहरीकै सामुन्ने पीडित इरफानमाथी ‘छोटा भौकी’ भनिने भौकीका भाई समिर अहमद जोलाहाले कुटपिट गरेका थिए ।  

कुटपिट गरेको आरोपमा भाई समिरलाई पनि प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाएको जनाएको छ । ‘भौकी’ ले लामो समयदेखी नेपालगन्ज नाकालाई आधार बनाएर तस्करी गर्दै आएको सुरक्षा स्रोतले जनाएको छ । राजनीतिक नेताको आडमा तस्करी गर्दै आएका उनले प्रहरी प्रशासन र भन्सार कर्मचारीलाई समेत प्रभावमा पार पार्ने गरेको बताइन्छ ।

प्रकाशित : बैशाख २७,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA