नेपालगन्ज नाकामा अबैध काराेवार गर्ने कुख्यात तस्कर \" भाैकी\" प्रहरी नियन्त्रणमा

बैशाख २३,२०८०/ जेसी नेपाल संवाददाता

नेलगन्ज २५ वैशाखः नेपालगन्ज नाकामा अबैध कारोबार गर्ने ‘कुख्यात तस्कर’ भौकी भनिने अमिर अहमद जोलाहालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । केहीदिन अघि नेपालगन्जको जैसपुरमा रहेको जोलाहाको गोदाममा बाँके प्रहरीले छापा मारेर लाखौं मूल्य बराबरको अबैध सामान बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार उक्त सामानलाई प्रहरीले आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको थियो । छापा मार्न प्रहरीलाई सूचना दिएको आरोप लगाउँदै तस्कर भौकी भनिने अमिर अहमदले मंगलबार राती स्थानीय मोहम्मद इरफान जोलाहालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।

सोही आरोपमा पक्राउ गरी उनीमाथी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको डिएसपी डाँगीले जानकारी दिए । पीडित इरफानले दिएको जाहेरीका आधारमा पक्राउ गरेर कारबाही प्रक्रिया अगाडी बढाइएको उनले बताए । पीडितले आफुलाई बन्धक बनाएर कुटपिट गरेको आरोप लगाएका छन् । उजुरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय परिसरमै प्रहरीकै सामुन्ने पीडित इरफानमाथी ‘छोटा भौकी’ भनिने भौकीका भाई समिर अहमद जोलाहाले कुटपिट गरेका थिए ।  

कुटपिट गरेको आरोपमा भाई समिरलाई पनि प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाएको जनाएको छ । ‘भौकी’ ले लामो समयदेखी नेपालगन्ज नाकालाई आधार बनाएर तस्करी गर्दै आएको सुरक्षा स्रोतले जनाएको छ । राजनीतिक नेताको आडमा तस्करी गर्दै आएका उनले प्रहरी प्रशासन र भन्सार कर्मचारीलाई समेत प्रभावमा पार पार्ने गरेको बताइन्छ ।

प्रकाशित : बैशाख २७,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA