धनुषाको कमला नदी किनारमा सुरु भएका विष्णु महायज्ञको मण्डपमा आगलागी

बैशाख २८,२०८०/ जेसी नेपाल संवाददाता

धनुषाको कमला नगरपालिका ५ स्थित कमला नदीको तटमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगो लागेको छ । हवन गर्ने मुख्य मण्डपमा आगो लागेपछि महायज्ञमा सहभागी श्रद्धालु तथा सर्वसधालणको भागाभाग मचेको छ ।

भागदौड मच्दा एक महिला लडेर घाइते भएकी छन् । स्थानीयले उपचारका लागि अस्पताल लगिएको छ । हवन मण्डपमा बाँस र खर प्रयोग गरिएको थियो । आगोले मण्डप जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । स्थानीय धर्मनाथ मण्डलले भण्डार कुनाबाट आपरुपी आगलगी सुरु भएको बताए । उनले महायज्ञ समितिले चरम लापरवाही गरिरहेको आरोप लगाए । उनले भने, ’जति पैसा चन्दा उठाएको छ ।

सबै खान खोजेको छ । महायज्ञमा कुनै व्यवस्था छैन । महायज्ञमा सुरक्षाका लागि सुरक्षाकर्मी समेत परिचालन गरिएको छैन् । आगो लागेपनि नियन्त्रणका लागि प्रहरी नपुगेको बुझिएको छ ।

प्रकाशित : बैशाख २८ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA