धनुषाको कमला नदी किनारमा सुरु भएका विष्णु महायज्ञको मण्डपमा आगलागी

बैशाख २८,२०८०/ जेसी नेपाल संवाददाता

धनुषाको कमला नगरपालिका ५ स्थित कमला नदीको तटमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगो लागेको छ । हवन गर्ने मुख्य मण्डपमा आगो लागेपछि महायज्ञमा सहभागी श्रद्धालु तथा सर्वसधालणको भागाभाग मचेको छ ।

भागदौड मच्दा एक महिला लडेर घाइते भएकी छन् । स्थानीयले उपचारका लागि अस्पताल लगिएको छ । हवन मण्डपमा बाँस र खर प्रयोग गरिएको थियो । आगोले मण्डप जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । स्थानीय धर्मनाथ मण्डलले भण्डार कुनाबाट आपरुपी आगलगी सुरु भएको बताए । उनले महायज्ञ समितिले चरम लापरवाही गरिरहेको आरोप लगाए । उनले भने, ’जति पैसा चन्दा उठाएको छ ।

सबै खान खोजेको छ । महायज्ञमा कुनै व्यवस्था छैन । महायज्ञमा सुरक्षाका लागि सुरक्षाकर्मी समेत परिचालन गरिएको छैन् । आगो लागेपनि नियन्त्रणका लागि प्रहरी नपुगेको बुझिएको छ ।

प्रकाशित : बैशाख २८ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA