उपेन्द्र यादवले समृद्धिको लागि सङ्घीयता र लोकतन्त्र संस्थागत हनु जरुरी छ,भने

बैशाख २९,२०८०/ जेसी नेपाल संवाददाता

महोत्तरी :  सङ्घीय सरकारका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आर्थिक विकास र समृद्धिको लागि सङ्घीयता र लोकतन्त्र संस्थागत हुनुपर्नेमा जोड दिनुभएको छ। 

महोत्तरी जिल्लाको प्रादेशिक अस्पताल जलेश्वरमा ब्लड बैङ्कको उद्घाटन तथा प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका यादवले त्यस्तो बताउनुभएको हो।  उहाँले जनताको लागि धेरै सुविधामध्ये स्वास्थ्य र शिक्षा महत्त्वपूर्ण भएको बताउनु हुँदै देशमा सङ्घीयता संस्थागत नभएसम्म नागरिकको पहुँचमा यी सेवा पुग्न समस्या हुने बताउनुभयो।

जनताको सेवा पहुँचमा सङ्घीयता, गणतन्त्र र लोकतन्त्र महत्त्वपूर्ण भए पनि यसको संस्थागत विकासमा अवरोध ल्याउन केही व्यक्तित्व लागि परेको बताउनु हुँदै सङ्घीयता र लोकतन्त्र संस्थागत नभए राजनीतिक स्थिरता हुने बताउनुभयो।  राज्य स्थिरता भयो भने सुशासन सम्भव नहुने र सुशासन नभए देशमा भ्रष्टाचार र कुरीति बढेर राज्यबाट जनतालाई पाउने सुविधामा अवरोध आउन सक्ने भएकोले देशमा सङ्घीयताको विकल्प नभएको बताउनुभयो।  मधेश प्रदेशको जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका सङ्घीयताकै देन भएको बताउनु हुँदै उहाँले सङ्घीय सरकार र मधेश प्रदेश सरकार स्वास्थ्य क्षेत्रको विकासमा हरसम्भव प्रयास गरिरहेको बताउनुभयो। 

प्रादेशिक अस्पताल जलेश्वरमा भौतिक निर्माण अन्तर्गत प्रशासकीय भवनको शिलान्यास गरिएको र भवन निर्माणपछि बिरामीलाई उपचारको सेवा, सुविधामा सहजता आउने बताउनुभयो।  त्यसैगरी कार्यक्रममा मधेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले आफू फूलमाला लगाउन मात्रै अस्पतालको अनुगमनमा नजाने बताउनुभयो। जसपा नेपालका केन्द्रीय सदस्य तथा पूर्व कृषि मन्त्री हरिनारायण यादवले विगतमा रेफर अस्पतालको रुपमा रहेको प्रादेशिक अस्पताल जलेश्वरले सेवा दिएर छवि सुधार्नमा लागेकोमा खुसी व्यक्त गर्नु हुँदै यसक्षेत्रका जनतालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो। प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिन्नु झाको अध्यक्षतामा भएको ब्लड बैङ्क उद्घाटन तथा प्रशासकीय भवन शिलान्यास कार्यक्रममा अस्पतालका प्रमुख डा.राजीवकुमार झाले स्वागत मन्तव्य राख्नुभएको थियो। 

कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादव, खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साह, मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डल, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.अङ्कुर साह, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.श्रवण कुमार मिश्र, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.रामनरेश पण्डित, रजिष्ट्रार प्रा.डा.विनोद कुमार यादव लगायताको उपस्थिति रहेको थियो।

प्रकाशित : बैशाख २९ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA