करेन्ट लागेर युवकको मृत्यु: धनुषा

बैशाख ३०,२०८/ जेसी नेपाल मिडिया

२७ वैशाख

जनकपुरधाम : धनुषामा निलगाईबाट बाली संरक्षण गर्न खेतमा थापेको विद्युत धरापमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका–२, धुमासन बस्ने जोगेन्द्र महतोका २३ वर्षीय छोरा अमरेश कुमार महतो छन् ।

आज बिहान साढे ६ बजे उनको मृत्यु भएको खबर प्रहरीलाई प्राप्त भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ ।

स्थानीय पदम लामाले आफ्नो खेतमा निलगाईबाट परबल खेती संरक्षण गर्न लगाएको बारमा जडान गरेको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो घाँस लिन निस्केका अमरेश अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खाजबिन थालेको थियो ।

खोजबिनको क्रममा आज बिहान करेन्ट लागेर मृत्यु भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई फोन गरेका थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : बैशाख ३०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA