करेन्ट लागेर युवकको मृत्यु: धनुषा

बैशाख ३०,२०८/ जेसी नेपाल मिडिया

२७ वैशाख

जनकपुरधाम : धनुषामा निलगाईबाट बाली संरक्षण गर्न खेतमा थापेको विद्युत धरापमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका–२, धुमासन बस्ने जोगेन्द्र महतोका २३ वर्षीय छोरा अमरेश कुमार महतो छन् ।

आज बिहान साढे ६ बजे उनको मृत्यु भएको खबर प्रहरीलाई प्राप्त भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ ।

स्थानीय पदम लामाले आफ्नो खेतमा निलगाईबाट परबल खेती संरक्षण गर्न लगाएको बारमा जडान गरेको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो घाँस लिन निस्केका अमरेश अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खाजबिन थालेको थियो ।

खोजबिनको क्रममा आज बिहान करेन्ट लागेर मृत्यु भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई फोन गरेका थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : बैशाख ३०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA