कारले मोटरसाइकलमा ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु: जनकपुर

जेष्ठ ५ ,२०८१/ जेसी नेपाल संवाददाता

धनुषा : जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएकोछ ।

धनुषा प्रहरीका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको थापाचोकमा बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाको शहिदनगर नगरपालिका ८ का बासन्दा ३२ वर्षीया रोहिता राजधानी जनकपुर अनलाइनमा कार्यरत्त थिए । मोटरसाइकलमा पछाडि सवार मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् ।

उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ । कार र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : जेष्ठ ५ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA